Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रपति रामचन्द्र पौडेल द्वारा नीति तथा कार्यक्रम प्रस्तुत
राष्ट्रपति रामचन्द्र पौडेल द्वारा नीति तथा कार्यक्रम प्रस्तुत
- कहिले ? : २०८२ बैशाख १९
- राष्ट्रपति द्वारा संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आ.व. २०८२/८३ को लागि १५५ बुँदे नीति तथा कार्यक्रम प्रतुत गरिएको हो
- संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ
मुख्य मुख्य व्यवस्थाहरु :
- कार्यघण्टामा आधारित ज्याला प्रणाली लागू गरिने
- सरकारी सेवामा 'इन्टर्न' विद्यार्थी खटाइने
- आफ्नै भूउपग्रह सञ्चालनको आधार तयार गर्ने
- गम्भीर प्रकृतिका रोगको उपचार स्वास्थ्य बिमाबाटै गर्ने
- सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी पीडितको रकम फिर्ता गरिने
- विश्वविद्यालयले गुणस्तर र विद्यार्थी संख्याका आधारमा अनुदान पाउने
- तुइन विस्थापन गरी झोलुंगे पुल बनाउने
- संघीय र प्रादेशिक अस्पतालमा ई-हेल्थ सेवा सञ्चालन गरिने
- सामाजिक सञ्जाल प्रयोग र सञ्चालनलाई मर्यादित बनाउन प्रभावकारी नियमन गरिने
- नागरिक एपलाई सरकारको प्रमुख डिजिटल उपकरण बनाइने

