Lessons
  • समसामयिक विषय
    • ४. वातावरणसँग सम्बद्ध मामिलाहरु
      • ४.५ वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू
      • ४.५ वन विनाश र यसको निराकरण
      • ४.५ नेपालमा वन विनास हुनुका कारण र असरहरु
      • ४.६ नेपालमा विपद् व्यवस्थापनको अवस्था कस्तो छ ?
      • ४.६ विपद व्यवस्थापनका सुत्र
      • ४.६ स्थानीय तहहरूमा विपद व्यवस्थापन अवसर कि चुनौती ?
      • ४.७ विकास र वातावरणको सन्तुलन किन ?
      • ४.७ वातावरण र विकासको अन्तरसम्बन्ध
      • ४.८ ऊर्जा विकासका लागि गर्नुपर्ने कामहरू
      • ४.९ प्रदुषण र जलवायु परिवर्तनको असर
      • ४.९ फोहोरमैला व्यवस्थापनका चुनौतीः इतिहासदेखि वर्तमानसम्म
  • शासन प्रणाली
    • राज्य र शासन
      • 1.1 शासनको पृष्ठभूमि , अवधारणा , विकासक्रम र अर्थ
      • 1.1 शासनका आधारभूत पक्षहरु र विशेषता
      • 1.2 शासनको राजनैतिक संरचना (राज्यको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (सरकारको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (प्रतिनिधित्व / निर्वाचन प्रणाली )
      • 1.2 नेपालको वर्तमान शासनको राजनीतिक संरचना र समस्याहरु
      • 1.2 शासनको प्रशासनिक संरचना
      • 1.3 सूचनाको हक (परिचय, प्रचलन र सिद्धान्त )
      • 1.3 सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्व
      • 1.3 सूचनाको हकको सिमा , महत्व र नेपालमा कार्यान्वनको व्यवस्था
      • 1.3 सूचनाको हकको कार्यान्वयमा समस्या र सुझावहरु
      • 1.3 पारदर्शिता (परीचय, आवश्यकता, महत्व र सिद्धान्त)
      • 1.3 पारदर्शिता र सूचनाको हकबीचको अन्तरसम्बन्ध
      • 1.4 राष्ट्र निर्माण र राज्य निर्माणको अर्थ, भिन्नता र अन्तरसम्बन्ध
      • 1.5 नेपालको शासन प्रणाली
      • 1.6 राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र , प्रावधान र समस्या
      • 1.7 बहुस्तरिय शासन र नेपाल
      • 1.7 बहुस्तरिय शासन र नेपालमा यसको प्रभाव
      • 1.7 UN र अन्तर्राष्ट्रिय शान्ति सुरक्षा सुदृढ बनाउन यसमा गर्नुपर्ने सुधार
    • संविधान र कानुन
      • 2.1 संविधानवाद
      • 2.1 नेपालमा संवैधानिक विकास
      • 2.3.1 नेपालको वर्तमान संविधानका मुलभूत विशेषताहरु
      • 2.3.1 कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका (शक्ति सन्तुलन र नियन्त्रण)
      • 2.3.2 वर्तमान संविधानका मौलिक हक र कर्तव्यहरु (विस्तृत)
      • 2.3.2 मौलिक हक तथा मानव अधिकार बीचको भिन्नता तथा संवैधानिक उपचारको भूमिका
      • 2.3.2 राज्यका निर्देशक सिद्दान्त, नीति तथा दायित्व : एक विवेचना
      • 2.3.3 संवैधानिक निकाय र कानून निर्मित निकाय
      • 2.4 मानवअधिकार : अवधारणा र वर्गीकरण
      • 2.4 मानवअधिकार : नेपालको अवस्था , व्यवस्था , समस्या र समाधान
      • 2.5 नागरीक चेतना , कर्तब्य र जिम्मेवारी
      • 2.6 कानुनका श्रोतहरु तथा नेपालमा कानून निर्माण प्रक्रिया
      • 2.7 कानुनको शासन : अवधारणा , सिद्धान्त, नेपालको अवस्था , समस्या र समाधान
      • 2.7 लोकतान्त्रिक मूल्य र मान्यता
      • 2.7 समावेशीकरण विधिहरु , नेपालको अवस्था र व्यवस्थाको समिक्षा
      • 2.7 समानुपातिक प्रतिनिधित्व
      • 2.7 सकारात्मक विभेद र समावेशीकरण
    • सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन
      • 3.1 सार्वजनिक सेवाको अवधारणा , कार्य , विशेषता र भूमिका
      • 3.2 सार्वजनिक सेवा प्रवाह : परिचय , चरण र माध्यम
      • 3.2 सेवा प्रवाहमा विभिन्न पक्षका भूमिका , कमजोरी र सुधारका उपायहरु
      • 3.3 राजनैतिक तटस्थता , प्रतिबद्धता तथा उत्तरदायित्व र जवाफदेहिता
      • 3.3 निजामति सेवामा राजनैतिक तटस्थता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग , सदाचार र नैतिकता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग सम्बन्धमा सदाचार र नैतिकताको महत्व
      • 3.4 सार्वजनिक कोषको सदुपयोगको आवश्यकता र नेपालमा भएको व्यवस्था
      • 3.5 सार्वजनिक व्यवस्थापन र यसका कार्यक्षेत्र
      • 3.5 निजामति सेवा : अवधारणा , नेपालको व्यवस्था , विशेषता, पदपूर्ति र सेवा सुविधा
      • 3.5 नेपालको निजामती सेवामा रहेका समस्या र आगामी बाटो
      • 3.5 कर्मचारीतन्त्र र यसको विकल्प
      • 3.6 सार्वजनिक नीति : परिचय, निर्माण प्रक्रिया र कार्यान्वन
      • 3.7 सार्वजनिक सेवा प्रवाहमा बडापत्रको आवश्यकता
      • 3.7 नागरिक वडापत्र र यसलाई प्रभावकारी बनाउने उपाय
    • श्रोत व्यवस्थापन र योजना
      • 4.1 मानव श्रोत व्यवस्थापन, निजामती सेवामा यसको अवस्था, समस्या र समाधान
      • 4.1 मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा
      • 4.2 सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा सूचना प्रविधिको प्रयोग
      • 4.2 संघीयतामा सार्वजनिक वित्त व्यवस्थापन
      • 4.2 वित्तीय व्यवस्थापन सुधार र वित्तीय जवाफदेहिता
      • 4.2 नेपालमा बजेट प्रणाली
      • 4.3 सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी
      • 4.3 सरकारी लेखाप्रणाली : सवल र दुर्वल पक्षहरु (नेपालको व्यवस्था समेत)
      • 4.4 वित्तीय व्यवस्थापन
      • 4.4 सामाजिक उत्तरदायित्व
      • 4.4 वित्तीय व्यवस्थापनका सवालहरू
      • 4.4 वित्तीय उत्तरदायित्व
      • 4.5 विकास योजना र चालू आवधिक योजना
      • 4.6 सहभागितामुलक योजना र विकास
×

Buy Now

  • Ask a Question
  • support@aayogtayarinepal.com
  • Login
  • Register
  • Courses
  • Old Questions
  • E-Book
  • MCQs
  • News
  • Contact Us
  • Topic Wise Notes

Lesson : समसामयिक विषय

४.७ वातावरण र विकासको अन्तरसम्बन्ध

वातावरण र विकास एक अर्काका परिपूरकको रूपमा आएको धेरै समय भएको छैन । सन् १९७२ मा स्विडेनको स्टकहोममा भएको संयुक्त राष्ट्रसंघिय मानव तथा वातावरण सम्मेलनले मानिस र वातावरण को अन्तरसम्बन्धको बारेमा विश्वव्यापी रूपमा प्रकाश पारेको थियो । हुन त स्विडेनले सबैभन्दा पहिला सन् १९६८ मा संयुक्त राष्ट्रसंघिय आर्थिक तथा सामाजिक परिषद् वातावरण र विकास एक अर्काका परिपूरकको रूपमा आएको धेरै समय भएको छैन । सन् १९७२ मा स्विडेनको स्टकहोममा भएको संयुक्त राष्ट्रसंघिय मानव तथा वातावरण सम्मेलनले मानिस र वातावरण को अन्तरसम्बन्धको बारेमा विश्वव्यापी रूपमा प्रकाश पारेको थियो । हुन त स्विडेनले सबैभन्दा पहिला सन् १९६८ मा संयुक्त राष्ट्रसंघिय आर्थिक तथा सामाजिक परिषदमा वातावरणसम्बन्धि विश्वस्तरीय सम्मेलनको लागि सुझाव दिएको थियो । सो परीषदले रिजोलुसन १३६८ मा सो प्रस्तावको समर्थन गर्‍यो र सन् १९६९ को संयुक्त राष्ट्रसंघिय महासभाले सन् १९७२ मा सम्मेलनको आयोजना गर्‍यो, जसलाई पहिलो पृथ्वी सम्मेलनको नाममा पनि चिनिन्छ । यस सम्मेलनमा ११४ वटा राष्ट्रहरूको सहभागिता थियो र यसै सम्मेलनलाई वातावरणीय विषयमा भएको पहिलो विश्वस्तरीय सम्मेलनको रूपमा लिइन्छ ।

यस सम्मेलनपश्चात विकसित राष्ट्रहरूले पनि वातावरणीय विषयहरुलाई आफ्नो विकासको मूलप्रवाहमा समावेश गर्न थाले । त्यसै क्रममा उनीहरूले वातावरणीय प्रभाव मूल्याङ्कन (वा.प्र.मु.) जस्ता मूल्याङ्कनका औजारहरु प्रयोग गरेर विकासले वातावरणमा पार्न सक्ने प्रभाव र तिनलाई न्यूनीकरण गर्ने उपायहरू कार्यन्वयन गर्न थाले । यसै क्रममा सन् १९८३ मा नर्वेकी तत्कालीन प्रधानमन्त्री डा. ग्रो हार्टेम ब्रुटल्याण्डको अध्यक्षतामा वातावरण र विकाससम्बन्धी विश्व आयोगको गठन भएको थियो । त्यस आयोगले सन् १९८७ मा आफ्नो प्रतिवेदन “हाम्रो साझा भविष्य” सार्वजनिक गरेको थियो । त्यस प्रतिवेदनले दिगो विकासको अवधारणालाई पहिलो पल्ट औपचारिकता दियो । साथै यस प्रतिवेदनले वातावरणीय विषयवस्तुलाई राजनैतिक एजेन्डामा प्रवेश गराउनुका साथै वातावरण र विकासलाई फरक रूपमा नहेरी एक अर्काको परिपुरकको रूपमा हेर्न प्रोत्साहित गर्‍यो ।

सोही आयोगको प्रतिवेदन तथा सन् १९८९ को डिसेम्बरमा पारित रिजोलुसन २२८ को आधारमा दोस्रो पृथ्वी सम्मेलन ब्राजिलको रियो दे जेनेरियोमा सन् १९९२ मा सम्पन्न भयो । त्यस सम्मेलनमा विश्वका १९४ राष्ट्र प्रमुखहरु तथा अन्तर्रा्ष्ट्रिय गैसस हरुको सहभागिता थियो र यसै सम्मेलनले जैविक विविधतासम्बन्धि सम्झौता एवम् राष्ट्रिय दिगो विकाश रणनीति (एनएसएसडी) सम्बन्धी एजेण्डा २१ जस्ता महत्त्वपूर्ण विषयहरूको घोषणा गरेको थियो । क्योटो अभिसंधि लगायतका प्रदूषण नियन्त्रण सम्बन्धी बाध्यकारी व्यवस्थाको सुरुवातपनि यसै सम्मेलनमार्फत भएको थियो । यस्तै दक्षिण अफ्रिकाको जोहानस्बर्गमा २००२ मा भएको विश्व सम्मेलन तथा सन् २०१२ मा ब्राजिलमै भएको अर्को विश्व सम्मेलनसम्म आइपुग्दा वातावरण र विकाससम्बन्धी नयाँ आयामहरू थपिए ।

नेपालमापनि वातावारण र विकासको अन्तरसम्बन्धमा बहसहरू मात्र हैन नीतिगत तहसम्म पनि कामहरू भएको पाइन्छन् । सबैभन्दा महत्त्वपूर्ण उपलब्धिको रूपमा संविधानसभाबाट जारी भएको नेपालको संविधान को धारा ३० मा स्वच्छ वातावरणको हक उलेख भएको छ, जसको उपधारा २ मा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षति बापत पीडितलाई प्रदुषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक प्रदान गरिएको छ । यसका साथै विभिन्न समयमा आवाधिक योजना, नीतिहरू, ऐननियम, निर्दे्शिका एवं मापदण्डहरु पनि तयार भएका छन् । आवधिक योजनाहरुमध्ये छैठौ पन्चबर्षीय योजना (२०३७–२०४२) ले वातावरणीय प्रभाव मूल्याङ्कनलाई पहिलो पल्ट पहिचान गरेको थियो,जसलाई नेपालमा वातावरण र विकासको अन्तरसम्बन्धलाई मजबुत पार्ने औजार को रूपमा लिइन्छ । त्यसपछिको आठौ पन्चवर्षीय योजना (२०४९–२०५४) लाई वातावरणीय प्रभाव मूल्याङ्कनको नीतिगत व्यवस्थाको हिसाबले उल्लेखनीय आवधिक योजनाको रूपमा लिइन्छ । यसै समयमा सरकारले राष्ट्रिय वातावारणीय प्रभाव मूल्याङ्कन निर्दे्शिका  र वन क्षेत्र र उद्योग क्षेत्रको लागि अलग अलग निर्दे्शिका लागु गरेको थियो । यसै आवधिक समयमा नेपालले वातावरण संरक्षण ऐन (२०५३) र वातावरण संरक्षण नियमावली (२०५४) लागु गर्‍यो, जुन समग्र वातावरण क्षेत्रकै लागि कोशेढुंगाको रूपमा रहेको छ । यसपछिका समयमा वातावरण संरक्षण ऐन तथा नियमावली संशोधन गरेर वातावरणीय मूल्याङ्कनका सीमाहरु हेरफेर भएका छन् । यी सबैको ध्येय भनेको विकास र वातावारणको अन्तरसम्बन्ध पनि नखल्बलियोस र साथसाथै नागरिकले विकासको पनि अनुभवगर्न पाउन भन्ने नै हो ।

२०७३ सालअसारसम्ममा करिब २६० वटा आयोजनाहरूको वा. प्र. मु. प्रतिवेदन जनसङ्ख्या तथावातावरण मन्त्रालयबाट स्वीकृत भैसकेका छन् । यति धेरै मात्रामा प्रतिवेदनहरु स्वीकृत भएतापनि धेरै जसोको निर्माण तथा सञ्चालनको सुरुवात नै भएको छैन । सञ्चालनमा रहेका आयोजनाहरूको वा. प्रा. मु. प्रतिवेदनको प्रभावकारी कार्यान्वयन भएको छ वा छैन भन्ने बारेमा सरोकारवाला निकायहरू नै अनभिज्ञ रहेको अवस्था छ । त्यस्तै, वा. प्र. मु. प्रतिवेदनकै गुणस्तरमा पनि धेरै प्रश्नहरू उठ्ने गरेका छन् । प्राय वा. प्र. मु. प्रतिवेदनहरु प्रस्तावकहरुले परामर्शदातामार्फत तयार गर्ने गरेका हुन्छन् । ती परामर्शदाताहरुको योग्यता र तिनको प्रतिवेदनमाथि पनि टिकाटिप्पणी हुने गरेको पाइन्छन् । त्यसै गरी, वातावरण संरक्षण नियमावलीको नियम १४ मा वातावरणीय परीक्षण को व्यवस्था गरिएको छ, जस अनुसार आयोजना सम्पन्न भएर सेवा सुरु भएको दुई वर्षपछि सो परीक्षण गर्नु पर्ने प्रावधान रहेको छ । तर आयोजना कहिले सम्पन्न भएको भन्ने अभिलेख न त सम्बन्धित मन्त्रालयसंग नै रहने गरेको छ, न त वातावरण मन्त्रालयसंग नै ।

दुई वर्ष पछि गर्ने भनिएपनी कति समय भित्र भन्ने सीमा नतोकिएका कारण पनि परीक्षण कार्यमा असमन्जसताको स्थिति उत्पन्न भएको छ । त्यसमाथि, वा. प्र. मु. प्रतिवेदनमा लेखिएका कुराहरू आयोजनाको निर्माणको चरणमा कतिको कार्यान्वयन भैराखेका छन् भनेर निरीक्षण गर्ने भरपर्दो संयन्त्रको पनि हामीकहाँ अभाव छ । जनसङ्ख्या तथा वातावारण मन्त्रालयअन्तर्गत वातावारण विभागको गठन भएको एवं वातावरणीय परीक्षणको अख्तियारी सोही विभागले पाएको भएता पनि त्यसले राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति देखाउन सकेको छैन ।

तसर्थ ,वा. प्रा. मु. प्रतिवेदनको प्रभावकारी कार्यान्वयनको लागि यी कमिकमजोरी हटाएर अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसो गरेको खण्डमा वातावरण र विकासको अन्तरसम्बन्ध अझ मजबुत हुने मात्र नभई दिगो विकासको अवधारणा पनि पुरा हुने कुरामा दुइमत छैन ।

Join Now
About Us

आयोग तयारी नेपाल , नेपालमा खुल्ने विभिन्न सरकारी विज्ञापनको तयारीको लागि लक्षित रहेको छ । आयोग तयारी नेपालको वेबसाईट र मोबाइल एप्लिकेसन मार्फत लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न संस्थान तथा बैंकहरुको तयारीका लागि आवश्यक कोर्षहरु हरु निशुल्क र स-शुल्क रुपमा अध्ययन गर्न सकिन्छ ।

Courses
  • Current Affairs
  • Section Officer
  • Nayab Subba
  • Kharidar
  • Teachers Service Commission
  • Old Questions
  • E-Book
  • Ganak
Quick Links
  • Courses
  • MCQs
  • Contact Us
  • Blog
  • Privacy Policy
  • Terms & Conditions
Information
  • aayogtayarinepal@gmail.com
  • +977 9821904957
  • Download App
  • +977 9821904957
© 2023 Aayog Tayari. All rights reserved | Powered By Tuki Soft