Lessons
  • समसामयिक विषय
    • ४. वातावरणसँग सम्बद्ध मामिलाहरु
      • ४.५ वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू
      • ४.५ वन विनाश र यसको निराकरण
      • ४.५ नेपालमा वन विनास हुनुका कारण र असरहरु
      • ४.६ नेपालमा विपद् व्यवस्थापनको अवस्था कस्तो छ ?
      • ४.६ विपद व्यवस्थापनका सुत्र
      • ४.६ स्थानीय तहहरूमा विपद व्यवस्थापन अवसर कि चुनौती ?
      • ४.७ विकास र वातावरणको सन्तुलन किन ?
      • ४.७ वातावरण र विकासको अन्तरसम्बन्ध
      • ४.८ ऊर्जा विकासका लागि गर्नुपर्ने कामहरू
      • ४.९ प्रदुषण र जलवायु परिवर्तनको असर
      • ४.९ फोहोरमैला व्यवस्थापनका चुनौतीः इतिहासदेखि वर्तमानसम्म
  • शासन प्रणाली
    • राज्य र शासन
      • 1.1 शासनको पृष्ठभूमि , अवधारणा , विकासक्रम र अर्थ
      • 1.1 शासनका आधारभूत पक्षहरु र विशेषता
      • 1.2 शासनको राजनैतिक संरचना (राज्यको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (सरकारको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (प्रतिनिधित्व / निर्वाचन प्रणाली )
      • 1.2 नेपालको वर्तमान शासनको राजनीतिक संरचना र समस्याहरु
      • 1.2 शासनको प्रशासनिक संरचना
      • 1.3 सूचनाको हक (परिचय, प्रचलन र सिद्धान्त )
      • 1.3 सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्व
      • 1.3 सूचनाको हकको सिमा , महत्व र नेपालमा कार्यान्वनको व्यवस्था
      • 1.3 सूचनाको हकको कार्यान्वयमा समस्या र सुझावहरु
      • 1.3 पारदर्शिता (परीचय, आवश्यकता, महत्व र सिद्धान्त)
      • 1.3 पारदर्शिता र सूचनाको हकबीचको अन्तरसम्बन्ध
      • 1.4 राष्ट्र निर्माण र राज्य निर्माणको अर्थ, भिन्नता र अन्तरसम्बन्ध
      • 1.5 नेपालको शासन प्रणाली
      • 1.6 राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र , प्रावधान र समस्या
      • 1.7 बहुस्तरिय शासन र नेपाल
      • 1.7 बहुस्तरिय शासन र नेपालमा यसको प्रभाव
      • 1.7 UN र अन्तर्राष्ट्रिय शान्ति सुरक्षा सुदृढ बनाउन यसमा गर्नुपर्ने सुधार
    • संविधान र कानुन
      • 2.1 संविधानवाद
      • 2.1 नेपालमा संवैधानिक विकास
      • 2.3.1 नेपालको वर्तमान संविधानका मुलभूत विशेषताहरु
      • 2.3.1 कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका (शक्ति सन्तुलन र नियन्त्रण)
      • 2.3.2 वर्तमान संविधानका मौलिक हक र कर्तव्यहरु (विस्तृत)
      • 2.3.2 मौलिक हक तथा मानव अधिकार बीचको भिन्नता तथा संवैधानिक उपचारको भूमिका
      • 2.3.2 राज्यका निर्देशक सिद्दान्त, नीति तथा दायित्व : एक विवेचना
      • 2.3.3 संवैधानिक निकाय र कानून निर्मित निकाय
      • 2.4 मानवअधिकार : अवधारणा र वर्गीकरण
      • 2.4 मानवअधिकार : नेपालको अवस्था , व्यवस्था , समस्या र समाधान
      • 2.5 नागरीक चेतना , कर्तब्य र जिम्मेवारी
      • 2.6 कानुनका श्रोतहरु तथा नेपालमा कानून निर्माण प्रक्रिया
      • 2.7 कानुनको शासन : अवधारणा , सिद्धान्त, नेपालको अवस्था , समस्या र समाधान
      • 2.7 लोकतान्त्रिक मूल्य र मान्यता
      • 2.7 समावेशीकरण विधिहरु , नेपालको अवस्था र व्यवस्थाको समिक्षा
      • 2.7 समानुपातिक प्रतिनिधित्व
      • 2.7 सकारात्मक विभेद र समावेशीकरण
    • सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन
      • 3.1 सार्वजनिक सेवाको अवधारणा , कार्य , विशेषता र भूमिका
      • 3.2 सार्वजनिक सेवा प्रवाह : परिचय , चरण र माध्यम
      • 3.2 सेवा प्रवाहमा विभिन्न पक्षका भूमिका , कमजोरी र सुधारका उपायहरु
      • 3.3 राजनैतिक तटस्थता , प्रतिबद्धता तथा उत्तरदायित्व र जवाफदेहिता
      • 3.3 निजामति सेवामा राजनैतिक तटस्थता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग , सदाचार र नैतिकता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग सम्बन्धमा सदाचार र नैतिकताको महत्व
      • 3.4 सार्वजनिक कोषको सदुपयोगको आवश्यकता र नेपालमा भएको व्यवस्था
      • 3.5 सार्वजनिक व्यवस्थापन र यसका कार्यक्षेत्र
      • 3.5 निजामति सेवा : अवधारणा , नेपालको व्यवस्था , विशेषता, पदपूर्ति र सेवा सुविधा
      • 3.5 नेपालको निजामती सेवामा रहेका समस्या र आगामी बाटो
      • 3.5 कर्मचारीतन्त्र र यसको विकल्प
      • 3.6 सार्वजनिक नीति : परिचय, निर्माण प्रक्रिया र कार्यान्वन
      • 3.7 सार्वजनिक सेवा प्रवाहमा बडापत्रको आवश्यकता
      • 3.7 नागरिक वडापत्र र यसलाई प्रभावकारी बनाउने उपाय
    • श्रोत व्यवस्थापन र योजना
      • 4.1 मानव श्रोत व्यवस्थापन, निजामती सेवामा यसको अवस्था, समस्या र समाधान
      • 4.1 मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा
      • 4.2 सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा सूचना प्रविधिको प्रयोग
      • 4.2 संघीयतामा सार्वजनिक वित्त व्यवस्थापन
      • 4.2 वित्तीय व्यवस्थापन सुधार र वित्तीय जवाफदेहिता
      • 4.2 नेपालमा बजेट प्रणाली
      • 4.3 सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी
      • 4.3 सरकारी लेखाप्रणाली : सवल र दुर्वल पक्षहरु (नेपालको व्यवस्था समेत)
      • 4.4 वित्तीय व्यवस्थापन
      • 4.4 सामाजिक उत्तरदायित्व
      • 4.4 वित्तीय व्यवस्थापनका सवालहरू
      • 4.4 वित्तीय उत्तरदायित्व
      • 4.5 विकास योजना र चालू आवधिक योजना
      • 4.6 सहभागितामुलक योजना र विकास
×

Buy Now

  • Ask a Question
  • support@aayogtayarinepal.com
  • Login
  • Register
  • Courses
  • Old Questions
  • E-Book
  • MCQs
  • News
  • Contact Us
  • Topic Wise Notes

Lesson : समसामयिक विषय

४.५ वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू

वन, घाँस, दाउरा, काठ कृषि उपज आदिको हिसाबले महत्वपूर्ण त छदैँछ यसको सम्बन्ध पर्यावरण सन्तुलनसँग पनि जोडिएको छ । कृषि प्रधान देश नेपालमा कृषि वनको समेत उत्तिकै उपयोगिता रहेको छ । नेपालमा हाल ४१.६९% वन क्षेत्र रहेको छ । बुट्यान क्षेत्र (३.६२%) समेतलाई लिँदा कूल क्षेत्रफलमा ४५.३१% वन क्षेत्रले ढाकेको छ । वन रहेको उचाई, यसको प्रकृति, प्रकार विशेषता आदिको आधारमा वनलाई निम्नानुसार विभाजन गरिएको छ: 

१) उपोष्ण सदाबहार वन
⦁        तराई भावर, दुन र चुरे पहाडको करिब १,२०० मिटर (समुद्र सतहबाट) सम्मको उचाईमा अग्ला, मोटा तथा सदाबहार प्रकृतिको रुखहरू पाइने वन क्षेत्रफललाई उपोष्ण प्रदेशीय सदाबहार वन भनिन्छ । यस क्षेत्रमा वर्षा र तापक्रम प्रशस्त हुने ।
⦁        साल, सिसौ, खयर, सतिसाल, सिमल आदि कडा खालका रुखहरू पाइने ।
⦁        चारकोशे झाडीको रूपमा समेत चिनिने

⦁        बाघ, भालु, गैडा, हात्ती तथा विभिन्न चराचुरुङ्गी र अजिङ्गर, गोही सोस आदि घस्रने जीबहरू समेत पाइने ।

२) समशीतोष्ण मौसमी पतझर वन
⦁        १,२०० देखि २१०० मिटरसम्मको उचाईमा मौसमी पतझर वन पाइन्छ । हिउँदमा पात झर्ने हुनाले यस्तो वनलाई मौसमी पतझर वन भनिन्छ ।
⦁        साल, सल्ला, चाप, कटुस, ओखर, उत्तीस आदि रुखहरू पाइने ।
⦁        वर्षा र तापक्रम बढी हुँदा यस क्षेत्रका वनका रुख अग्ला र मोटा हुन्छन् ।
⦁        बाघ, भालु, हरिण, चितुवा जस्ता जनावरका साथै विविध प्रजातिका पंक्षीहरू पाइने ।

३) कोणधारी वन
⦁        महाभारत पर्वतको करिब २,१०० मिटरदेखि ३,३०० मिटरसम्म उचाईमा यस्तो वन पाइन्छ ।
⦁        बढीजसो समय ठण्डा हुने र हिउँ परिरहने हुँदा यस्तो वनका रुखका पातहरू माथितिर चुच्चो परेको अर्थात कोण आकारको हुने हुँदा कोणधारी वन भनिन्छ ।
⦁        सल्ला देबदारु, धुपी, कटुस प्राय चुच्चो परेका रुखहरू पाइन्छन् ।
⦁        हरिण, मृग, घोरल जस्ता जनावरका साथै डाँफे,मुनाल र च्याखुरा जस्ता पंक्षीहरू पाइन्छन् ।

४) लेकाली वन (अल्पाइन वनस्पति)
⦁        ३,३०० मिटरदेखि ५,००० मिटरसम्मको उच्च पहाडी तथा हिमाली प्रदेशमा यस प्रकृतिको वन पाइन्छ ।
⦁        वर्षैभरि चिसो र शुष्क जलवायु हुने हुँदा यहाँका रुखहरू होचा र झाडीदार पाइन्छन् ।
⦁        करिब ३,६०० मिटरसम्मको उचाईमा झाडी र सोभन्दा माथि सुख्खा घाँसयुक्त वनस्पति पाइन्छ ।

५) टुन्ड्रा वनस्पति (हिमाली सुख्खा वनस्पति)
⦁        ५००० मि. माथिको उचाई, बाह्रै महिना हिउँ, वनस्पति प्रायः नपाइने
⦁        हिमालका खोच र ढाँडमा काई र लेउ पाइने (वनस्पति विहीन क्षेत्र पनि भनिने)

नेपालमा वन सम्पदाको महत्व 
⦁        वातावरण सन्तुलित बनाइराख्न ।
⦁        बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको न्यूनीकरण गर्न
⦁        पानीको स्रोतको रूपमा जंगल रहेको
⦁        निर्माणको आधार– काठका सामग्रीहरू, फर्निचर, घर, उद्योग आदिमा आवश्यक
⦁        पर्यटनको आधार
⦁        वन्यजन्तु वासस्थानको आधार रहेको
⦁        जडिबुटी, औषधीजन्य पदार्थको उत्पादन समेत जंगलबाटै हुने
⦁        दाउरा, पतिङ्गर र कृषिजन्य अवशेषसमेत जंगलबाटै पाइने
यिनै प्रमुख कुराहरूले गर्दा नेपालमा वन सम्पदाको अत्यन्तै ठूलो महत्व रहेको छ ।

वन विनाशका कारणहरू
नेपालको सन्दर्भमा वन विनासका निम्न कारणहरू रहेका छन् :-
⦁        गरिबी – स्थायी बसोवासको ठेगाना नभएकाहरूले, जंगल फडानी गरी खेती गर्नु तथा वासस्थान निर्माण गर्नु,
⦁        अशिक्षा – वन विनासको कारण हुन सक्ने जोखिम बारे जानकारी नहुनु ,
⦁        बहुमूल्य काठका सामग्री तथा काठ नै चोरी गरी बिक्री गर्नु,
⦁        सरकारी अनुगमन, दण्ड सजायको पक्ष कमजोर रहनु,
⦁        फडानी पश्चात तुरुन्त वृक्षारोपणको साथै सो को संरक्षण प्रभावकारी नहुनु, सार्वजनिक विकास निर्माण – सडक,भवन वा अन्य निर्माण गर्दा पनि वन फँडानी भएको,
⦁        जलवायु परिवर्तनको कारण हिमाली क्षेत्रको वन सुक्दै जानु,
⦁        दैवीप्रकोप–आगलागी, बाढी, पहिरोले समेत वन जंगल विनास हुने गरेको ।

 वन संरक्षणका उपायहरू
⦁        इन्धनको वैकल्पिक व्यवस्था गर्ने,
⦁        चोरी निकासी नियन्त्रणका लागि प्रभावकारी अनुगमन र सुरक्षाको व्यवस्था गर्ने,
⦁        वृक्षारोपण कार्यलाई नियमित र प्रभावकारी बनाउने ,
⦁        वन संरक्षण र यसको फाइदाको सम्बन्धमा जनचेतना जगाउने ,
⦁        सार्वजनिक निर्माण कार्य गर्दा जंगल विनास गर्न नपर्ने गरी गर्ने । (जस्तो : बाटो निर्माण, विद्युत लाइन निर्माण को बखत)
⦁        दैवीप्रकोपबाट विनास भएको वनजंगल क्षेत्रमा तत्काल वृक्षारोपण गरेर संरक्षण गरिहाल्ने ।
⦁        वन विनास, चोरी निकासी गर्ने जो कोहीलाई हदैसम्मको दण्ड सजाय दिने ।
⦁        नेपालमा राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्रको क्षेत्रफल बढाउने,
          (नेपालको जम्मा संरक्षित क्षेत्र कूल क्षेत्रफलको झण्डै २३%)
⦁        कार्बन Trade बाट नेपालले पुरस्कृत भएको वन क्षेत्रलाई उदारणको रूपमा प्रचारप्रसार गर्ने ।
⦁        निजी वन कार्यक्रमलाई प्रोत्साहित गर्ने,
⦁        वनलाई समूदायमा हस्तान्तरण गर्दै यसको संरक्षण र सम्बद्र्धनमा उपभोक्त समूहलाई जिम्मेवार       र जवाफदेही वनाउनु पर्ने,
⦁        वन जंगल संरक्षणबाट पुग्ने फाइदाप्रति जनतालाई सचेत तुल्याउने,
⦁        वन जंगलको विनाशबाट निम्तिने प्राकृतिक प्रकोपप्रति जनसाधारणमा चेतना ल्याई उनीहरूलाई वृक्षारोपण लगायतका कार्यक्रममा सहभागी गराउने ।
⦁        वन र वनस्पतिजन्य वन औषधीहरूको प्रशोधन गरी व्यवसायिक रूपमा खेतीको व्यवस्था मिलाई त्यसबाट प्राप्त लाभमा समुदायको साझेदारी बढाउने ।

Join Now
About Us

आयोग तयारी नेपाल , नेपालमा खुल्ने विभिन्न सरकारी विज्ञापनको तयारीको लागि लक्षित रहेको छ । आयोग तयारी नेपालको वेबसाईट र मोबाइल एप्लिकेसन मार्फत लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न संस्थान तथा बैंकहरुको तयारीका लागि आवश्यक कोर्षहरु हरु निशुल्क र स-शुल्क रुपमा अध्ययन गर्न सकिन्छ ।

Courses
  • Current Affairs
  • Section Officer
  • Nayab Subba
  • Kharidar
  • Teachers Service Commission
  • Old Questions
  • E-Book
  • Ganak
Quick Links
  • Courses
  • MCQs
  • Contact Us
  • Blog
  • Privacy Policy
  • Terms & Conditions
Information
  • aayogtayarinepal@gmail.com
  • +977 9821904957
  • Download App
  • +977 9821904957
© 2023 Aayog Tayari. All rights reserved | Powered By Tuki Soft