Lessons
  • समसामयिक विषय
    • ४. वातावरणसँग सम्बद्ध मामिलाहरु
      • ४.५ वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू
      • ४.५ वन विनाश र यसको निराकरण
      • ४.५ नेपालमा वन विनास हुनुका कारण र असरहरु
      • ४.६ नेपालमा विपद् व्यवस्थापनको अवस्था कस्तो छ ?
      • ४.६ विपद व्यवस्थापनका सुत्र
      • ४.६ स्थानीय तहहरूमा विपद व्यवस्थापन अवसर कि चुनौती ?
      • ४.७ विकास र वातावरणको सन्तुलन किन ?
      • ४.७ वातावरण र विकासको अन्तरसम्बन्ध
      • ४.८ ऊर्जा विकासका लागि गर्नुपर्ने कामहरू
      • ४.९ प्रदुषण र जलवायु परिवर्तनको असर
      • ४.९ फोहोरमैला व्यवस्थापनका चुनौतीः इतिहासदेखि वर्तमानसम्म
  • शासन प्रणाली
    • राज्य र शासन
      • 1.1 शासनको पृष्ठभूमि , अवधारणा , विकासक्रम र अर्थ
      • 1.1 शासनका आधारभूत पक्षहरु र विशेषता
      • 1.2 शासनको राजनैतिक संरचना (राज्यको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (सरकारको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (प्रतिनिधित्व / निर्वाचन प्रणाली )
      • 1.2 नेपालको वर्तमान शासनको राजनीतिक संरचना र समस्याहरु
      • 1.2 शासनको प्रशासनिक संरचना
      • 1.3 सूचनाको हक (परिचय, प्रचलन र सिद्धान्त )
      • 1.3 सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्व
      • 1.3 सूचनाको हकको सिमा , महत्व र नेपालमा कार्यान्वनको व्यवस्था
      • 1.3 सूचनाको हकको कार्यान्वयमा समस्या र सुझावहरु
      • 1.3 पारदर्शिता (परीचय, आवश्यकता, महत्व र सिद्धान्त)
      • 1.3 पारदर्शिता र सूचनाको हकबीचको अन्तरसम्बन्ध
      • 1.4 राष्ट्र निर्माण र राज्य निर्माणको अर्थ, भिन्नता र अन्तरसम्बन्ध
      • 1.5 नेपालको शासन प्रणाली
      • 1.6 राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र , प्रावधान र समस्या
      • 1.7 बहुस्तरिय शासन र नेपाल
      • 1.7 बहुस्तरिय शासन र नेपालमा यसको प्रभाव
      • 1.7 UN र अन्तर्राष्ट्रिय शान्ति सुरक्षा सुदृढ बनाउन यसमा गर्नुपर्ने सुधार
    • संविधान र कानुन
      • 2.1 संविधानवाद
      • 2.1 नेपालमा संवैधानिक विकास
      • 2.3.1 नेपालको वर्तमान संविधानका मुलभूत विशेषताहरु
      • 2.3.1 कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका (शक्ति सन्तुलन र नियन्त्रण)
      • 2.3.2 वर्तमान संविधानका मौलिक हक र कर्तव्यहरु (विस्तृत)
      • 2.3.2 मौलिक हक तथा मानव अधिकार बीचको भिन्नता तथा संवैधानिक उपचारको भूमिका
      • 2.3.2 राज्यका निर्देशक सिद्दान्त, नीति तथा दायित्व : एक विवेचना
      • 2.3.3 संवैधानिक निकाय र कानून निर्मित निकाय
      • 2.4 मानवअधिकार : अवधारणा र वर्गीकरण
      • 2.4 मानवअधिकार : नेपालको अवस्था , व्यवस्था , समस्या र समाधान
      • 2.5 नागरीक चेतना , कर्तब्य र जिम्मेवारी
      • 2.6 कानुनका श्रोतहरु तथा नेपालमा कानून निर्माण प्रक्रिया
      • 2.7 कानुनको शासन : अवधारणा , सिद्धान्त, नेपालको अवस्था , समस्या र समाधान
      • 2.7 लोकतान्त्रिक मूल्य र मान्यता
      • 2.7 समावेशीकरण विधिहरु , नेपालको अवस्था र व्यवस्थाको समिक्षा
      • 2.7 समानुपातिक प्रतिनिधित्व
      • 2.7 सकारात्मक विभेद र समावेशीकरण
    • सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन
      • 3.1 सार्वजनिक सेवाको अवधारणा , कार्य , विशेषता र भूमिका
      • 3.2 सार्वजनिक सेवा प्रवाह : परिचय , चरण र माध्यम
      • 3.2 सेवा प्रवाहमा विभिन्न पक्षका भूमिका , कमजोरी र सुधारका उपायहरु
      • 3.3 राजनैतिक तटस्थता , प्रतिबद्धता तथा उत्तरदायित्व र जवाफदेहिता
      • 3.3 निजामति सेवामा राजनैतिक तटस्थता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग , सदाचार र नैतिकता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग सम्बन्धमा सदाचार र नैतिकताको महत्व
      • 3.4 सार्वजनिक कोषको सदुपयोगको आवश्यकता र नेपालमा भएको व्यवस्था
      • 3.5 सार्वजनिक व्यवस्थापन र यसका कार्यक्षेत्र
      • 3.5 निजामति सेवा : अवधारणा , नेपालको व्यवस्था , विशेषता, पदपूर्ति र सेवा सुविधा
      • 3.5 नेपालको निजामती सेवामा रहेका समस्या र आगामी बाटो
      • 3.5 कर्मचारीतन्त्र र यसको विकल्प
      • 3.6 सार्वजनिक नीति : परिचय, निर्माण प्रक्रिया र कार्यान्वन
      • 3.7 सार्वजनिक सेवा प्रवाहमा बडापत्रको आवश्यकता
      • 3.7 नागरिक वडापत्र र यसलाई प्रभावकारी बनाउने उपाय
    • श्रोत व्यवस्थापन र योजना
      • 4.1 मानव श्रोत व्यवस्थापन, निजामती सेवामा यसको अवस्था, समस्या र समाधान
      • 4.1 मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा
      • 4.2 सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा सूचना प्रविधिको प्रयोग
      • 4.2 संघीयतामा सार्वजनिक वित्त व्यवस्थापन
      • 4.2 वित्तीय व्यवस्थापन सुधार र वित्तीय जवाफदेहिता
      • 4.2 नेपालमा बजेट प्रणाली
      • 4.3 सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी
      • 4.3 सरकारी लेखाप्रणाली : सवल र दुर्वल पक्षहरु (नेपालको व्यवस्था समेत)
      • 4.4 वित्तीय व्यवस्थापन
      • 4.4 सामाजिक उत्तरदायित्व
      • 4.4 वित्तीय व्यवस्थापनका सवालहरू
      • 4.4 वित्तीय उत्तरदायित्व
      • 4.5 विकास योजना र चालू आवधिक योजना
      • 4.6 सहभागितामुलक योजना र विकास
×

Buy Now

  • Ask a Question
  • support@aayogtayarinepal.com
  • Login
  • Register
  • Courses
  • Old Questions
  • E-Book
  • MCQs
  • News
  • Contact Us
  • Topic Wise Notes

Lesson : शासन प्रणाली

3.4 सार्वजनिक कोषको सदुपयोग सम्बन्धमा सदाचार र नैतिकताको महत्व

✍ नेत्र सुवेदी (प्रयास), nayapatrikadaily.com

सार्वजनिक कोषको सदुपयोग सम्बन्धमा उल्लेख गर्दै कोषको सञ्चालनमा सदाचार र नैतिकताको महत्वबारे प्रस्ट पार्नुहोस् । 

सार्वजनिक कोषको परिचय
कोषको शाब्दिक अर्थ अन्नपात वा धनमाल सुरक्षित राख्ने भण्डार, ढुकुटी वा खजाना भन्ने लाग्छ । यस्तो कोषमा वर्तमानमा आएर जिन्सीभन्दा पनि नगदी स्रोतको प्रयोग हुन्छ र बैंकिङ प्रणाली अवलम्बन गरिन्छ । सार्वजनिक कोष भनेको सबैका लागि काम लाग्ने, सबैको उपयोगका लागि बनाइएको सबैलाई साझा रूपले काम लाग्ने स्रोत हो ।

सार्वजनिक कोषमा सर्वसाधारणले तिरेको कर, शुल्क, जरिवानाका साथमा मित्रराष्ट्रबाट प्राप्त हुने अनुदान वा ऋण पनि रहन्छ । विदेशी नागरिकको योगदानसमेत यस्तो कोषमा रहन सक्छ ।

नैतिकता र आचरणको सार्वजनिक कोष सञ्चालनमा उपादेयता
नैतिकता भनेको कामप्रतिको उपयुक्त व्यवहार हो । नैतिक वा उपयुक्त व्यवहारअन्तर्गत इमानदारिता, सत्यता, निष्पक्षता र मानवीयताजस्ता गुण मापदण्डका रूपमा रहन्छन् । सार्वजनिक कोषको सञ्चालन नैतिक ढंगले हुनुपर्छ, जसका लागि संलग्नकर्ता पनि नैतिक हुनु जरुरी छ । नैतिकताको विषय व्यक्तिगत जीवन मात्र होइन, सामाजिक जीवन एवं सार्वजनिक कामकाजका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

इमानदारिता देखाउने क्षमता नै सदाचारिता हो । सदाचार भनेको राम्रो आचरण हो । यदि भनाइ र गराइमा अन्तर भयो भने आचरण राम्रो मानिँदैन दुराचार मानिन्छ । नियम–कानुन विधिमा एउटा छ, तर काम गर्दा त्यसको पालना गरिँदैन, वा विधिको विपरीत ढंगले काम गरिन्छ भने पनि त्यो भ्रष्ट आचार वा भ्रष्टाचार हो । सदाचार हुनका लागि जीवन र जगत्मा आफूले राम्रो आनीबानी तथा जीवन पद्धति अपनाउने दह्रो इच्छाशक्ति आवश्यक पर्छ ।

नैतिकताको आवश्यकता व्यक्तिगत जीवनमा भन्दा सार्वजनिक जीवनमा ज्यादा पर्छ । कुनै व्यक्ति वा फर्मलाई राम्रो वा नराम्रो हुनुभन्दा सिंगो समाज वा समूह लाभान्वित हुनु वा हितबाट वञ्चित हुनु अवश्य पनि अन्तर पर्ने विषय हो । मुख्य कुरा त के हो भने सार्वजनिक कोषको प्रयोग सार्वजनिक उद्देश्यका लागि हुनुपर्छ अर्थात् सर्वसाधारणको हितका लागि हुनुपर्छ । करदाताले पनि आफूले तिरेको रकम कहाँ प्रयोग भयो भनेर जान्न पाउने हक राख्छन् । यदि त्यस्तो रकम सुख–सुविधामा प्रयोग भयो, व्यक्तिगत स्वार्थपूर्तिमा खर्च भयो, समुदायमा पुगेन वा सामूहिक हितमा भएन भने कर तिर्ने सर्वसाधारणले औँला ठड्याएर प्रश्न गर्न सक्छन् कि सार्वजनिक कोषको सदुपयोग यही हो ? अर्कोतर्फ सार्वजनिक कोषबाट भएको काम सप्रिँदा सामूहिक हित हुन्छ भने बिग्रिँदा वा दुरुपयोग हुँदा नागरिकबाट पाइ–पाइ गरी जम्मा पारेको रकम खेर जान्छ । तसर्थ सार्वजनिक कोषको सदुपयोगले विशेष अर्थ राख्छ । इतिहासदेखि नै देवस्व र राजस्वको हिनामिनालाई गम्भीर अपराध मानी कडा सजाय गरिन्थ्यो ।

सार्वजनिक कोषको सञ्चालनमा नैतिकता र आचरणको प्रभावकारी अवलम्बन 
यस्तो कोषको सञ्चालन व्यक्तिगत विवेक वा स्वेच्छाले भन्दा पनि विकसित मान्यता,  सार्वजनिक कोष सञ्चालन सम्बन्धमा संवैधानिक एवं कानुनी प्रावधान र निश्चित विधिका आधारमा हुनुपर्छ । साथै यस्तो कोषको व्यवस्थापनमा आन्तरिक नियन्त्रण र निगरानीसमेत आवश्यक पर्छ । अहिले आएर दुरुस्त अभिलेख राख्नुका अलावा सिसिक्यामेराको प्रयोग तथा सफ्टवेयरको प्रयोग गरी दैनिक हिसाब मिलान गर्ने कार्य त्रुटि हुन नदिन र भइहालेमा पहिचानका लागि गरिने केही नवीन कार्य हुन् ।

सार्वजनिक सेवाका कर्मचारीका लागि आचारसंहिता निर्माण गरी कार्यान्वयनमा ल्याइनु, आचारसंहिता एवं कानुन उल्लंघन भयो भने सजायको प्रावधान राखिनु पनि सार्वजनिक कामलाई विधिसम्मत र नैतिक बनाउने उपाय हुन् । सार्वजनिक कोषको प्रयोगमा नैतिकता र आचरणको प्रबन्ध गर्दै सोको पालना भए–नभएको जाँच–पड्ताल गर्ने प्रबन्धसमेत गरिनुपर्छ । नेपालको सार्वजनिक क्षेत्रमा कोषको सदुपयोगका लागि जिम्मेवारी र जवाफदेही तोक्ने काम, दस्तखत क–कसको चल्ने, कुन शीर्षक वा उपशीर्षकबाट खर्च लेख्ने, कुन ढाँचाको कागजात वा फाराम सफ्टवेयरमा प्रयोग गर्ने, भुक्तानी लेख्नुअघि के–कस्ता प्रमाण कागजात समावेश गर्ने, कारोबारको लेखा राख्ने, कारोबारका बारेमा तत्क्षण वा निश्चित अवधिका तालुक निकायमा प्रतिवेदन पठाउने, आन्तरिक लेखा परीक्षण एवं अन्तिम लेखापरीक्षण गर्ने, लेखापरीक्षणले औँल्याएको बेरुजु सम्बन्धमा आवश्यक पुस्ट्याइँ संलग्न गरी वा कारबाही गरी फस्र्योट गर्नेलगायत काम पनि पर्छन् । त्यति मात्र होइन, सार्वजनिक कोषको ठूलो हिस्सा खर्च हुने विकास निर्माण, मालसामान, परामर्श सेवा र सेवा करारका लागि पनि खरिदसम्बन्धी कानुनअनुसार मात्र प्रतिस्पर्धा गराएर मात्र गर्ने र यी सबै काममा नैतिकता र असल आचरणको खाँचो पर्छ ।

निष्कर्ष
सार्वजनिक पदाधिकारीहरू भनेको सार्वजनिक सम्पत्ति र कोषको रेखदेखकर्ता र विधिसम्मत प्रयोगकर्तासमेत हुन् । सार्वजनिक कोषको सञ्चालनसँग सम्बन्धित सेवकमा नैतिकता, इमानदारिता, कर्तव्यनिष्ठता, धैर्यता, सहनशीलतालगायत गुण हुनु आवश्यक छ । संविधानमै व्यवस्था भएको विभिन्न तहको सरकारको आर्थिक कार्यविधिअनुसार सार्वभौम संसद्बाट अनुमोदन भएर मात्र आम्दानी र खर्चको काम अगाडि बढाइनुका अलावा हरेक आम्दानी र खर्चका एकाइको सञ्चालन विधि, आचारसंहिता र वित्तीय अनुशासनबाट निर्देशित हुनु आवश्यक हुन्छ । मूलतः  समुदाय र नागरिक हितका लागि सार्वजनिक कोषको प्रयोगलाई सुनिश्चित गरिनुपर्छ । कोष दुरुपयोग गर्ने वा अनैतिक वा भ्रष्ट व्यवहार गर्ने व्यक्ति दण्डित हुनुपर्छ ।

Join Now
About Us

आयोग तयारी नेपाल , नेपालमा खुल्ने विभिन्न सरकारी विज्ञापनको तयारीको लागि लक्षित रहेको छ । आयोग तयारी नेपालको वेबसाईट र मोबाइल एप्लिकेसन मार्फत लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न संस्थान तथा बैंकहरुको तयारीका लागि आवश्यक कोर्षहरु हरु निशुल्क र स-शुल्क रुपमा अध्ययन गर्न सकिन्छ ।

Courses
  • Current Affairs
  • Section Officer
  • Nayab Subba
  • Kharidar
  • Teachers Service Commission
  • Old Questions
  • E-Book
  • Ganak
Quick Links
  • Courses
  • MCQs
  • Contact Us
  • Blog
  • Privacy Policy
  • Terms & Conditions
Information
  • aayogtayarinepal@gmail.com
  • +977 9821904957
  • Download App
  • +977 9821904957
© 2023 Aayog Tayari. All rights reserved | Powered By Tuki Soft