Lessons
  • समसामयिक विषय
    • ४. वातावरणसँग सम्बद्ध मामिलाहरु
      • ४.५ वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू
      • ४.५ वन विनाश र यसको निराकरण
      • ४.५ नेपालमा वन विनास हुनुका कारण र असरहरु
      • ४.६ नेपालमा विपद् व्यवस्थापनको अवस्था कस्तो छ ?
      • ४.६ विपद व्यवस्थापनका सुत्र
      • ४.६ स्थानीय तहहरूमा विपद व्यवस्थापन अवसर कि चुनौती ?
      • ४.७ विकास र वातावरणको सन्तुलन किन ?
      • ४.७ वातावरण र विकासको अन्तरसम्बन्ध
      • ४.८ ऊर्जा विकासका लागि गर्नुपर्ने कामहरू
      • ४.९ प्रदुषण र जलवायु परिवर्तनको असर
      • ४.९ फोहोरमैला व्यवस्थापनका चुनौतीः इतिहासदेखि वर्तमानसम्म
  • शासन प्रणाली
    • राज्य र शासन
      • 1.1 शासनको पृष्ठभूमि , अवधारणा , विकासक्रम र अर्थ
      • 1.1 शासनका आधारभूत पक्षहरु र विशेषता
      • 1.2 शासनको राजनैतिक संरचना (राज्यको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (सरकारको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (प्रतिनिधित्व / निर्वाचन प्रणाली )
      • 1.2 नेपालको वर्तमान शासनको राजनीतिक संरचना र समस्याहरु
      • 1.2 शासनको प्रशासनिक संरचना
      • 1.3 सूचनाको हक (परिचय, प्रचलन र सिद्धान्त )
      • 1.3 सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्व
      • 1.3 सूचनाको हकको सिमा , महत्व र नेपालमा कार्यान्वनको व्यवस्था
      • 1.3 सूचनाको हकको कार्यान्वयमा समस्या र सुझावहरु
      • 1.3 पारदर्शिता (परीचय, आवश्यकता, महत्व र सिद्धान्त)
      • 1.3 पारदर्शिता र सूचनाको हकबीचको अन्तरसम्बन्ध
      • 1.4 राष्ट्र निर्माण र राज्य निर्माणको अर्थ, भिन्नता र अन्तरसम्बन्ध
      • 1.5 नेपालको शासन प्रणाली
      • 1.6 राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र , प्रावधान र समस्या
      • 1.7 बहुस्तरिय शासन र नेपाल
      • 1.7 बहुस्तरिय शासन र नेपालमा यसको प्रभाव
      • 1.7 UN र अन्तर्राष्ट्रिय शान्ति सुरक्षा सुदृढ बनाउन यसमा गर्नुपर्ने सुधार
    • संविधान र कानुन
      • 2.1 संविधानवाद
      • 2.1 नेपालमा संवैधानिक विकास
      • 2.3.1 नेपालको वर्तमान संविधानका मुलभूत विशेषताहरु
      • 2.3.1 कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका (शक्ति सन्तुलन र नियन्त्रण)
      • 2.3.2 वर्तमान संविधानका मौलिक हक र कर्तव्यहरु (विस्तृत)
      • 2.3.2 मौलिक हक तथा मानव अधिकार बीचको भिन्नता तथा संवैधानिक उपचारको भूमिका
      • 2.3.2 राज्यका निर्देशक सिद्दान्त, नीति तथा दायित्व : एक विवेचना
      • 2.3.3 संवैधानिक निकाय र कानून निर्मित निकाय
      • 2.4 मानवअधिकार : अवधारणा र वर्गीकरण
      • 2.4 मानवअधिकार : नेपालको अवस्था , व्यवस्था , समस्या र समाधान
      • 2.5 नागरीक चेतना , कर्तब्य र जिम्मेवारी
      • 2.6 कानुनका श्रोतहरु तथा नेपालमा कानून निर्माण प्रक्रिया
      • 2.7 कानुनको शासन : अवधारणा , सिद्धान्त, नेपालको अवस्था , समस्या र समाधान
      • 2.7 लोकतान्त्रिक मूल्य र मान्यता
      • 2.7 समावेशीकरण विधिहरु , नेपालको अवस्था र व्यवस्थाको समिक्षा
      • 2.7 समानुपातिक प्रतिनिधित्व
      • 2.7 सकारात्मक विभेद र समावेशीकरण
    • सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन
      • 3.1 सार्वजनिक सेवाको अवधारणा , कार्य , विशेषता र भूमिका
      • 3.2 सार्वजनिक सेवा प्रवाह : परिचय , चरण र माध्यम
      • 3.2 सेवा प्रवाहमा विभिन्न पक्षका भूमिका , कमजोरी र सुधारका उपायहरु
      • 3.3 राजनैतिक तटस्थता , प्रतिबद्धता तथा उत्तरदायित्व र जवाफदेहिता
      • 3.3 निजामति सेवामा राजनैतिक तटस्थता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग , सदाचार र नैतिकता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग सम्बन्धमा सदाचार र नैतिकताको महत्व
      • 3.4 सार्वजनिक कोषको सदुपयोगको आवश्यकता र नेपालमा भएको व्यवस्था
      • 3.5 सार्वजनिक व्यवस्थापन र यसका कार्यक्षेत्र
      • 3.5 निजामति सेवा : अवधारणा , नेपालको व्यवस्था , विशेषता, पदपूर्ति र सेवा सुविधा
      • 3.5 नेपालको निजामती सेवामा रहेका समस्या र आगामी बाटो
      • 3.5 कर्मचारीतन्त्र र यसको विकल्प
      • 3.6 सार्वजनिक नीति : परिचय, निर्माण प्रक्रिया र कार्यान्वन
      • 3.7 सार्वजनिक सेवा प्रवाहमा बडापत्रको आवश्यकता
      • 3.7 नागरिक वडापत्र र यसलाई प्रभावकारी बनाउने उपाय
    • श्रोत व्यवस्थापन र योजना
      • 4.1 मानव श्रोत व्यवस्थापन, निजामती सेवामा यसको अवस्था, समस्या र समाधान
      • 4.1 मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा
      • 4.2 सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा सूचना प्रविधिको प्रयोग
      • 4.2 संघीयतामा सार्वजनिक वित्त व्यवस्थापन
      • 4.2 वित्तीय व्यवस्थापन सुधार र वित्तीय जवाफदेहिता
      • 4.2 नेपालमा बजेट प्रणाली
      • 4.3 सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी
      • 4.3 सरकारी लेखाप्रणाली : सवल र दुर्वल पक्षहरु (नेपालको व्यवस्था समेत)
      • 4.4 वित्तीय व्यवस्थापन
      • 4.4 सामाजिक उत्तरदायित्व
      • 4.4 वित्तीय व्यवस्थापनका सवालहरू
      • 4.4 वित्तीय उत्तरदायित्व
      • 4.5 विकास योजना र चालू आवधिक योजना
      • 4.6 सहभागितामुलक योजना र विकास
×

Buy Now

  • Ask a Question
  • support@aayogtayarinepal.com
  • Login
  • Register
  • Courses
  • Old Questions
  • E-Book
  • MCQs
  • News
  • Contact Us
  • Topic Wise Notes

Lesson : शासन प्रणाली

4.1 मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा

मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा

- विष्णुहरि रेग्मी, नयाँ पत्रिका 

  • व्यवस्थापनको मानव सम्पर्क सिद्धान्त वा व्यवहारवादी मान्यताको विकास भएसँगै पुरानो कर्मचारी प्रशासनको मान्यतामा परिवर्तन आई मानव स्रोत व्यवस्थापनको अवधारणाको विकास भएको हो । यस अवधारणामा कर्मचारीलाई वस्तु वा साधनको रूपमा नहेरी मानवीय भावना, संवेदना, उत्प्रेरणालगायत विषयमा विशेष जोड दिइन्छ । यस अवधारणालाई जनशक्ति व्यवस्थापन वा मानव संसाधन व्यवस्थापन समेत भनिन्छ ।
  • मानव संसाधन व्यवस्थापन वा मानव स्रोत व्यवस्थापन भनेको संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि मानवीय क्षमताको उच्चतम उपयोग गर्ने कार्य हो । संगठनमा आवश्यक कर्मचारीको भर्नापूर्वदेखि अवकासपश्चात सम्मका नीतिगत, संरचानगत र कार्यक्रमगत व्यवस्थापन नै जनशक्ति व्यवस्थापन हो ।
  • मानव संसाधन राष्ट्रको सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै हो । मानव स्रोतको सक्षमताबाट मात्र भौतिक, वित्तीय, प्राविधिक तथा सूचना स्रोतको प्रभावकारी रूपमा परिचालन गर्न सकिने भएकाले यो महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्र हो ।
  • जनशक्ति परिचालनलाई सफल बनाउन व्यवस्थापकीय सीप तथा शैलीको प्रयोग गर्ने कार्य पनि हो यो ।
  • सार्वजनिक संगठनमा मानव स्रोत व्यवस्थापन भन्नाले संगठनमा जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भार गरी संगठन र कर्मचारी दुवैको आवश्यकता एवं उद्देश्य पूरा गर्नु हो । मानव स्रोत व्यवस्थापनले प्राप्तिभन्दा अगाडि र अवकाशभन्दा पछाडिको अवस्थालाई समेत समेट्ने भएकाले संगठनमा Pre Recruitment to Post Retirement Management का रूपमा यसलाई लिइन्छ ।
  • मानव स्रोत व्यवस्थापनमा संगठन र यसमा कार्यरत जनशक्तिको उत्पादकत्व वृद्धिका लागि संगठनमा मानव तत्वलाई महत्व दिइन्छ । अर्थात् कुनै पनि संगठनको वास्तविक शक्ति भनेको त्यहाँ कार्यरत जनशक्ति हो भन्ने मान्यता रहेको छ । संगठनको मुटुका रूपमा जनशक्तिलाई स्वीकार गरिएको छ ।
  • मानव स्रोत व्यवस्थापनको अवधारणाले संगठन र कर्मचारी दुवै पक्षलाई उत्तिकै महत्व दिएको हुन्छ । कर्मचारीलाई मानव पुँजीका रूपमा ग्रहण गर्ने र उनीहरूको क्षमताको विकास, उपयोग एवं संरक्षणले मात्र संगठन र व्यक्ति दुवैको आवश्यकता पूरा हुन सक्छ भन्ने मान्यता यस अवधारणाले राख्छ । वास्तवमा मानवलाई खुसी बनाएर काममा लगाउने र तिनको संगठनको लक्ष्य प्राप्तिमा भरपूर उपयोग गर्ने कला नै जनशक्ति व्यवस्थापन हो ।
  • संगठनलाई आवश्यक पर्ने जनशक्तिको पहिचान, माग, भर्ना, छनोट, नियुक्ति, पदस्थापना, विकास, उपयोग, संहार तथा अवकाशसम्बन्धी समग्र कार्यको उपयुक्त रूपमा सञ्चालन गर्ने वा मिलाउने कार्यप्रणाली नै जनशक्ति व्यवस्थापन हो ।
    कर्मचारीमा प्रचुर क्षमता एवं सम्भावना रहेका हुन्छन्, यसलाई पहिचान र विकास गरी संगठन र व्यक्ति दुवैको हितमा उपयोग गर्नु नै मानव स्रोत व्यवस्थापनको उद्देश्य हो ।
  • डेकेन्जो र रविन्सका अनुसार मानव संसाधनको प्राप्ति, विकास, उत्प्रेरणा र सम्भार (Maintenance) प्रक्रिया नै मानव संसाधन व्यवस्थापन हो ।
  • मानव संसाधन व्यवस्थापन निरन्तर चलिरहने प्रक्रिया हो । यो सबै तहका व्यवस्थापकले गर्नुपर्ने नियमित कार्य हो । यसले संगठनको उद्देश्य प्राप्त गर्न सघाउँछ । यो एउटा व्यवस्थित दीर्घकालीन रणनीतिक योजना हो ।
  • वेन्डेल फ्रेन्चका अनुसार मानिसको व्यवस्थापनसम्बन्धी दर्शन, नीति, कार्यविधि एवं अभ्याससम्बन्धी कार्यको समष्टिगत स्वरूप मानव संसाधन व्यवस्थापन हो ।

नेपालको सार्वजनिक प्रशासनमा मानव संसाधन व्यवस्थापनको अवलम्बनले पार्ने सकारात्मक प्रभाव :

  • नेपालका तीनै तहका सरकारी तहका तर्फबाट देश र जनताका लागि वस्तु, सेवा एवं शासकीय मूल्यको प्रवाह गर्ने स्थायी, अविछिन्न उत्तराधिकार प्राप्त, वैधानिक एवं सार्वजनिक संयन्त्रलाई सार्वजनिक प्रशासन भनिन्छ । नेपालको सार्वजनिक प्रशासनमा कर्मचारी प्रशासनको परम्परागत मान्यताको स्थानमा मानव स्रोत व्यवस्थापनका नवीन एवं आधुनिक मान्यता र शैलीको अवलम्बन गर्दा पर्न सक्ने केही प्रमुख सकारात्मक प्रभाव तल दिइएको छ :
    • सबैभन्दा दक्ष, योग्य, प्रतिस्पर्धी र जागरुक जनशक्तिको प्राप्ति हुन्छ ।
    • उपयुक्त कार्य वातावरण निर्माण गर्छ ।
    • कर्मचारीको ज्ञान सीप र क्षमता प्रस्फुटन गराउँछ ।
    • लक्ष्य, उद्देश्य प्राप्तिलाई मितव्ययी बनाउँछ ।
    • उत्प्रेरित र उत्साहित जनशक्तिको विकास हुन्छ ।
    • सम्भावित जोखिमको पूर्वआँकलन गर्छ ।
    • संगठन र कर्मचारी दुवैको उद्देश्य पूरा गर्छ ।
    • कार्य गुणस्तर अभिवृद्धि गर्छ ।
    • सामाजिक एवं पर्यावरणीय अन्तरसम्बन्ध कायम गर्छ ।
    • संगठनको प्रतिष्ठा बढाउँछ ।
    • व्यावसायिक विकासको अवसर दिन्छ ।
    • समूह भावना र समूह कार्यको विकास गर्छ ।
    • उचित श्रमसम्बन्ध कायम गर्छ ।
    • सांगठनिक द्वन्द्व न्यूनीकरण गर्छ ।
    • योग्यता, क्षमताको कदर हुनुका साथै अल्छीपना, अनैतिक कार्य निरुत्साहन हुन्छ ।
    • राजनीतिक र प्रशासनिक आरोप–प्रत्यारोपलाई न्यूनीकरण गर्छ ।
    • संगठनलाई विस्तार गरी दिगो बनाउँछ । आदि ।

निष्कर्ष
कुनै पनि प्रणालीको अवलम्बन गर्दा मात्रै सबै समस्या समाधान भई चाहेको कुरा प्राप्त हुन्छ भन्ने हुँदैन । तथापि असल बाटो हिँडेपछि गलत ठाउँमा पुगिँदैन । यसर्थ मानव स्रोत व्यवस्थापनको मान्यता अवलम्बन गरेपछि जनशक्तिको सम्मान, उचित भुक्तानी, उत्प्रेरणालगायत कार्यबाट संगठनको उत्पादन र उत्पादकत्व दुवै अभिवृद्धि भई सरकारी लक्ष्य, उद्देश्य प्राप्ति सरल, मितव्ययी र प्रभावकारी बन्न जानेमा कुनै सन्देह छैन ।

 

Join Now
About Us

आयोग तयारी नेपाल , नेपालमा खुल्ने विभिन्न सरकारी विज्ञापनको तयारीको लागि लक्षित रहेको छ । आयोग तयारी नेपालको वेबसाईट र मोबाइल एप्लिकेसन मार्फत लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न संस्थान तथा बैंकहरुको तयारीका लागि आवश्यक कोर्षहरु हरु निशुल्क र स-शुल्क रुपमा अध्ययन गर्न सकिन्छ ।

Courses
  • Current Affairs
  • Section Officer
  • Nayab Subba
  • Kharidar
  • Teachers Service Commission
  • Old Questions
  • E-Book
  • Ganak
Quick Links
  • Courses
  • MCQs
  • Contact Us
  • Blog
  • Privacy Policy
  • Terms & Conditions
Information
  • aayogtayarinepal@gmail.com
  • +977 9821904957
  • Download App
  • +977 9821904957
© 2023 Aayog Tayari. All rights reserved | Powered By Tuki Soft