Lessons
  • समसामयिक विषय
    • ४. वातावरणसँग सम्बद्ध मामिलाहरु
      • ४.५ वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू
      • ४.५ वन विनाश र यसको निराकरण
      • ४.५ नेपालमा वन विनास हुनुका कारण र असरहरु
      • ४.६ नेपालमा विपद् व्यवस्थापनको अवस्था कस्तो छ ?
      • ४.६ विपद व्यवस्थापनका सुत्र
      • ४.६ स्थानीय तहहरूमा विपद व्यवस्थापन अवसर कि चुनौती ?
      • ४.७ विकास र वातावरणको सन्तुलन किन ?
      • ४.७ वातावरण र विकासको अन्तरसम्बन्ध
      • ४.८ ऊर्जा विकासका लागि गर्नुपर्ने कामहरू
      • ४.९ प्रदुषण र जलवायु परिवर्तनको असर
      • ४.९ फोहोरमैला व्यवस्थापनका चुनौतीः इतिहासदेखि वर्तमानसम्म
  • शासन प्रणाली
    • राज्य र शासन
      • 1.1 शासनको पृष्ठभूमि , अवधारणा , विकासक्रम र अर्थ
      • 1.1 शासनका आधारभूत पक्षहरु र विशेषता
      • 1.2 शासनको राजनैतिक संरचना (राज्यको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (सरकारको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (प्रतिनिधित्व / निर्वाचन प्रणाली )
      • 1.2 नेपालको वर्तमान शासनको राजनीतिक संरचना र समस्याहरु
      • 1.2 शासनको प्रशासनिक संरचना
      • 1.3 सूचनाको हक (परिचय, प्रचलन र सिद्धान्त )
      • 1.3 सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्व
      • 1.3 सूचनाको हकको सिमा , महत्व र नेपालमा कार्यान्वनको व्यवस्था
      • 1.3 सूचनाको हकको कार्यान्वयमा समस्या र सुझावहरु
      • 1.3 पारदर्शिता (परीचय, आवश्यकता, महत्व र सिद्धान्त)
      • 1.3 पारदर्शिता र सूचनाको हकबीचको अन्तरसम्बन्ध
      • 1.4 राष्ट्र निर्माण र राज्य निर्माणको अर्थ, भिन्नता र अन्तरसम्बन्ध
      • 1.5 नेपालको शासन प्रणाली
      • 1.6 राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र , प्रावधान र समस्या
      • 1.7 बहुस्तरिय शासन र नेपाल
      • 1.7 बहुस्तरिय शासन र नेपालमा यसको प्रभाव
      • 1.7 UN र अन्तर्राष्ट्रिय शान्ति सुरक्षा सुदृढ बनाउन यसमा गर्नुपर्ने सुधार
    • संविधान र कानुन
      • 2.1 संविधानवाद
      • 2.1 नेपालमा संवैधानिक विकास
      • 2.3.1 नेपालको वर्तमान संविधानका मुलभूत विशेषताहरु
      • 2.3.1 कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका (शक्ति सन्तुलन र नियन्त्रण)
      • 2.3.2 वर्तमान संविधानका मौलिक हक र कर्तव्यहरु (विस्तृत)
      • 2.3.2 मौलिक हक तथा मानव अधिकार बीचको भिन्नता तथा संवैधानिक उपचारको भूमिका
      • 2.3.2 राज्यका निर्देशक सिद्दान्त, नीति तथा दायित्व : एक विवेचना
      • 2.3.3 संवैधानिक निकाय र कानून निर्मित निकाय
      • 2.4 मानवअधिकार : अवधारणा र वर्गीकरण
      • 2.4 मानवअधिकार : नेपालको अवस्था , व्यवस्था , समस्या र समाधान
      • 2.5 नागरीक चेतना , कर्तब्य र जिम्मेवारी
      • 2.6 कानुनका श्रोतहरु तथा नेपालमा कानून निर्माण प्रक्रिया
      • 2.7 कानुनको शासन : अवधारणा , सिद्धान्त, नेपालको अवस्था , समस्या र समाधान
      • 2.7 लोकतान्त्रिक मूल्य र मान्यता
      • 2.7 समावेशीकरण विधिहरु , नेपालको अवस्था र व्यवस्थाको समिक्षा
      • 2.7 समानुपातिक प्रतिनिधित्व
      • 2.7 सकारात्मक विभेद र समावेशीकरण
    • सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन
      • 3.1 सार्वजनिक सेवाको अवधारणा , कार्य , विशेषता र भूमिका
      • 3.2 सार्वजनिक सेवा प्रवाह : परिचय , चरण र माध्यम
      • 3.2 सेवा प्रवाहमा विभिन्न पक्षका भूमिका , कमजोरी र सुधारका उपायहरु
      • 3.3 राजनैतिक तटस्थता , प्रतिबद्धता तथा उत्तरदायित्व र जवाफदेहिता
      • 3.3 निजामति सेवामा राजनैतिक तटस्थता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग , सदाचार र नैतिकता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग सम्बन्धमा सदाचार र नैतिकताको महत्व
      • 3.4 सार्वजनिक कोषको सदुपयोगको आवश्यकता र नेपालमा भएको व्यवस्था
      • 3.5 सार्वजनिक व्यवस्थापन र यसका कार्यक्षेत्र
      • 3.5 निजामति सेवा : अवधारणा , नेपालको व्यवस्था , विशेषता, पदपूर्ति र सेवा सुविधा
      • 3.5 नेपालको निजामती सेवामा रहेका समस्या र आगामी बाटो
      • 3.5 कर्मचारीतन्त्र र यसको विकल्प
      • 3.6 सार्वजनिक नीति : परिचय, निर्माण प्रक्रिया र कार्यान्वन
      • 3.7 सार्वजनिक सेवा प्रवाहमा बडापत्रको आवश्यकता
      • 3.7 नागरिक वडापत्र र यसलाई प्रभावकारी बनाउने उपाय
    • श्रोत व्यवस्थापन र योजना
      • 4.1 मानव श्रोत व्यवस्थापन, निजामती सेवामा यसको अवस्था, समस्या र समाधान
      • 4.1 मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा
      • 4.2 सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा सूचना प्रविधिको प्रयोग
      • 4.2 संघीयतामा सार्वजनिक वित्त व्यवस्थापन
      • 4.2 वित्तीय व्यवस्थापन सुधार र वित्तीय जवाफदेहिता
      • 4.2 नेपालमा बजेट प्रणाली
      • 4.3 सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी
      • 4.3 सरकारी लेखाप्रणाली : सवल र दुर्वल पक्षहरु (नेपालको व्यवस्था समेत)
      • 4.4 वित्तीय व्यवस्थापन
      • 4.4 सामाजिक उत्तरदायित्व
      • 4.4 वित्तीय व्यवस्थापनका सवालहरू
      • 4.4 वित्तीय उत्तरदायित्व
      • 4.5 विकास योजना र चालू आवधिक योजना
      • 4.6 सहभागितामुलक योजना र विकास
×

Buy Now

  • Ask a Question
  • support@aayogtayarinepal.com
  • Login
  • Register
  • Courses
  • Old Questions
  • E-Book
  • MCQs
  • News
  • Contact Us
  • Topic Wise Notes

Lesson : शासन प्रणाली

1.1 शासनको पृष्ठभूमि , अवधारणा , विकासक्रम र अर्थ

पृष्ठभूमि 

लोकतान्त्रिक विधि र प्रक्रियाबाट स्थापित सरकारले जनताको हित प्रवर्द्धन गर्न राजनीतिक र कानुनी प्रक्रियाबाट आफुलाई प्राप्त अधिकार र स्रोतको प्रयोग गरेर नीति बनाउने र कार्यान्वयन गर्ने प्रक्रियालाई शासन भनिन्छ ।

व्यक्ति, समाज र राज्यलाई व्यवस्थित गर्ने, नियमहरुको निर्माण गर्ने, तिनको कार्यान्वयन गर्ने, सार्वजनिक सेवा प्रवाह गर्ने, नियमन गर्ने, नियन्त्रण गर्ने तथा राज्यका समग्र पक्षको व्यवस्थापन गरी जनतालाई सुखी र खुसीको अनुभूति प्रदान गर्नु शासनको उद्देश्य रहेको हुन्छ।

शासन सार्वजनिक क्षेत्र, निजी क्षेत्र, गैरसरकारी सबै क्षेत्रलाई व्यवस्थित गर्न अभ्यासमा आउने गर्दछ यो एक वृहत अवधारणा हो ।
परम्परागत रुपमा शासनको सिमित विषय र कार्यक्षेत्र रहेकोले त्यो बेलामा सरकार नै शासन हो भन्ने बुझिन्थयो ।

तर सन १९८० को आर्थिक उदारीकरण, निजीकरण र विश्वव्यापिकरणको अवधारणाको विकास भएपश्चात शासन भन्नाले सरकारले
राष्ट्रिय, उपराज्जीय र पराराज्यीय तहका सार्वजनिक, निजी र गैरसरकारी तीनवटै क्षेत्रका शासकीय सहयात्री पात्रहरुको सहकार्य, समन्वय र साझेदारीमा मुलुकको आर्थिक, सामाजिक विकासको प्रयल गर्ने समग्र पद्धति प्रक्रिया र तरिकालाई बुझिन्छ ।

मानिस समाजमा व्यवस्थित रुपमा बसोबास गरे देखि नै शासन अस्तित्वमा आएको हो तर विभिन्न समयको कालखण्डमा शासन
सम्वन्धी अवधारणा सन्दर्भ अनुकूल परिमार्जित हुँदै आएकोले शासनको अवधारणा समय सापेक्ष परिवर्तनशील हुने गर्दछ।

शासन राजनीतिको अवयव हो l निरन्तर रूपमा विभिन्न कालखण्डमा शासनका श्रोत, शैलीमा परिवर्तन भए पनि शासन अकाट्य सत्य हो l शासनको मूल श्रोत शक्ति नै हो l शुरुवाती चरणमा शासन दैवी शक्तिलाई शासनको मूल श्रोत मानिन्थ्यो l त्यसैले राजा वा धर्म गुरु लाई दैवी शक्तिको प्रतिनिधि मानेर शासनको अधिकारी मानिन्थ्यो l

उनीहरूलाई धर्मको अधिकारी मानिन्थ्यो l धर्मका आधारमा शासन गरिन्थ्यो l भारत वर्षमा राजालाई नै विष्णुको अंश मानेर शासनको अधिकार हुन्थ्यो l युरोपमा दैवी शक्ति राजा वा धर्मगुरु कसमा हुने भन्ने ? विषय लामो समय विवादको विषय रहेको थियो l जुन विवादको संघर्षले आधुनिक लोकतन्त्रको विकास भएको पाइन्छ l ५ हजार वर्ष अगाडी मानव सभ्यताको सुरुवातसँगै शासनका केही प्रारूपहरू सुरु भएको पाइन्छ l त्यति बेला मानव जातिको अस्तित्व जोगाउनु उक्त प्रारूपको उद्देश्य रहेको थियो l पाँचौँ शताब्दीमा ग्रिसको एथेन्स नगरबाट लोकतान्त्रिक शासन प्रजातन्त्रको रूपमा उदय भएको पाइन्छ l एथेन्समा गणराज्यको अभ्यास भएको थियो l गणराज्यको सो अवधारणामा अन्ततः राजतन्त्रको रूपमा विकास भएको पाइन्छ l प्राचीन रोम साम्राज्यको उदयसँगै राजतन्त्र, सेना, चर्चद्वारा शासन गर्ने प्रणालीको विकास भएको पाइन्छ l उक्त शासनमा प्रतिरक्षा, राज्यको विस्तार, शान्ति-सुरक्षा शासनका प्रमुख प्राथमिकता थिए l समय चक्र अनुसार नयाँ प्रकृतिका शासन व्यवस्थाहरू विकास हुँदै गए l

अवधारणा    

लोकतान्त्रिक विधि र प्रक्रियाबाट स्थापित सरकारले जनताको हित प्रवर्द्धन गर्न राजनीतिक र कानुनी प्रक्रियाबाट आफुलाई प्राप्त अधिकार र स्रोतको प्रयोग गरेर नीति बनाउने र कार्यान्वयन गर्ने प्रक्रियालाई शासन भनिन्छ ।

  • व्यक्ति, समाज र राज्यलाई व्यवस्थित गर्ने, नियमहरुको निर्माण गर्ने, तिनको कार्यान्वयन गर्ने, सार्वजनिक सेवा प्रवाह गर्ने, नियमन गर्ने,
    नियन्त्रण गर्ने तथा राज्यका समग्र पक्षको व्यवस्थापन गरी जनतालाई सुखी र खुसीको अनुभूति प्रदान गर्नु शासनको उद्देश्य रहेको
    हुन्छ।
  • शासन सार्वजनिक क्षेत्र, निजी क्षेत्र, गैरसरकारी सबै क्षेत्रलाई व्यवस्थित गर्न अभ्यासमा आउने गर्दछ यो एक वृहत अवधारणा हो ।
  • परम्परागत रुपमा शासनको सिमित विषय र कार्यक्षेत्र रहेकोले त्यो बेलामा सरकार नै शासन हो भन्ने बुझिन्थयो ।
  • तर सन १९८० को आर्थिक उदारीकरण, निजीकरण र विश्वव्यापिकरणको अवधारणाको विकास भएपश्चात शासन भन्नाले सरकारले राष्ट्रिय, उपराज्जीय र पराराज्यीय तहका सार्वजनिक, निजी र गैरसरकारी तीनवटै क्षेत्रका शासकीय सहयात्री पात्रहरुको सहकार्य, समन्वय र साझेदारीमा मुलुकको आर्थिक, सामाजिक विकासको प्रयल गर्ने समग्र पद्धति प्रक्रिया र तरिकालाई बुझिन्छ ।
  • मानिस समाजमा व्यवस्थित रुपमा बसोबास गरे देखि नै शासन अस्तित्वमा आएको हो तर विभिन्न समयको कालखण्डमा शासन सम्वन्धी अवधारणा सन्दर्भ अनुकूल परिमार्जित हुँदै आएकोले शासनको अवधारणा समय सापेक्ष परिवर्तनशील हुने गर्दछ।

शासनको विकासक्रमका महत्त्वपूर्ण प्रयासहरू

  • सन् १२१५ बेलायतमा जारी म्याग्नाकार्टाले शासनको केन्द्रबिन्दुमा नागरिक स्वतन्त्रताको मान्यता स्थापित गरेको,
  • सन् १६८८/१६८९ मा बेलायतमा जारी Bill of Right ले संसदीय सर्वोच्चताको मान्यतालाई स्थापित गरेको,
  • सन् १७८९ मा अमेरिकाको संविधानले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्त सहित अध्यक्षात्मक, संघिय लोकतान्त्रिक शासन, गणतान्त्रिक शासन प्रणालीको आरम्भ गरेको,
  • सन् १७८९मा फ्रान्सेली क्रान्तिले निरङ्कुश राजतन्त्रको अन्त्य गरी जनताको शासन स्थापित गरेको,
  • १८ औँ शताब्दीको अन्त्यतिर औद्योगिक क्रान्तिको विकाससँगै निजी क्षेत्र पनि शासनको पात्रको रूपमा स्थापित भएको,
  • सन् १९३०को आर्थिक मन्दीपछि किन्सियन अर्थशास्त्रको बजारमाथि राज्यको नियन्त्रणको मान्यतालाई शासनमा अवलम्बन गरिएको,
  • सन् १९४५ दोस्रो विश्व युद्धको समाप्ति र उपनिवेशवादको अन्त्यसँगै बहुस्तरीय शासनको सुरुवात भएको,
  • सन् १९८० को दशकमा विकसित उदारीकरणको मान्यताले शासनको मान्यता आएको,
  • सन् १९९० को दशकमा विकसित नयाँ सार्वजनिक व्यवस्थापनले निजी क्षेत्रका सफलतम अभ्यासलाई सार्वजनिक व्यवस्थापनमा भित्राउने काम भएको,
  • सन् १९९० दशक पछि लोकतान्त्रिक शासन प्रणालीको विश्वव्यापी विस्तार, नागरिक समाज,आमसञ्चारको तीव्र विकास र सुचना-प्रबिधिको उच्चतम प्रयोग र विकास भएको,
  • सन् २००२ पछि नयाँ सार्वजनिक प्रशासनको मान्यताले जनताको वरिपरि पुगेर सेवा प्रवाह गर्नुपर्ने मान्यताको विकास भएको,
    हाल शासन प्रणालीमा बिद्धुतीय शासन, सुशासन, सहकारितामूलक शासन,अनौपचारिक शासनजस्ता मान्यता आएको,सरकारको भूमिका सहजकर्ता, प्रवर्द्धक र नियामक रूपमा सीमित भएको l

शासनको अर्थ

  • सरकार आफू प्रमुख पात्रकारूपमा रही निजी क्षेत्र र गैर सरकारी क्षेत्रसँग सहकार्य र साझेदारीको कार्य गर्ने पद्धति हो l
  • सार्वजनिक मामलाहरूको व्यवस्थापनमा संलग्न सबै संरचना, पात्र र कार्यहरूको समष्टि नै शासन हो l
  • राज्यको नीति निर्माण वा निर्णय गर्ने र सोको कार्यान्वयन गर्ने प्रक्रिया हो l
  • शासन राज्य सञ्चालन गर्ने पद्धति हो l
  • राजनीति, प्रशासन र समाजबीचको संयोजन र सम्बन्ध हो l
  • कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले गर्ने समग्र क्रियाकलाप हो l
  • कानुन उल्लङ्घन गर्नेलाई भय शक्तिको प्रयोग गर्ने माध्यम हो l
  • राज्य नियमन, व्यवस्थापन, जनपरिचालन र सेवा प्रवाह गर्ने वैधानिक तरिका नै शासनको मूल मर्म हो l
  • सरकारले गर्ने नियमित, आकस्मिक तथा विकासात्मक गतिविधिको समग्रता हो l

✍ चेतराज बजगाई , prashashan.com

✍ लक्ष्मीप्रसाद  शर्मा  ,Nijamatikhabar

Join Now
About Us

आयोग तयारी नेपाल , नेपालमा खुल्ने विभिन्न सरकारी विज्ञापनको तयारीको लागि लक्षित रहेको छ । आयोग तयारी नेपालको वेबसाईट र मोबाइल एप्लिकेसन मार्फत लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न संस्थान तथा बैंकहरुको तयारीका लागि आवश्यक कोर्षहरु हरु निशुल्क र स-शुल्क रुपमा अध्ययन गर्न सकिन्छ ।

Courses
  • Current Affairs
  • Section Officer
  • Nayab Subba
  • Kharidar
  • Teachers Service Commission
  • Old Questions
  • E-Book
  • Ganak
Quick Links
  • Courses
  • MCQs
  • Contact Us
  • Blog
  • Privacy Policy
  • Terms & Conditions
Information
  • aayogtayarinepal@gmail.com
  • +977 9821904957
  • Download App
  • +977 9821904957
© 2023 Aayog Tayari. All rights reserved | Powered By Tuki Soft