Lessons
  • समसामयिक विषय
    • ४. वातावरणसँग सम्बद्ध मामिलाहरु
      • ४.५ वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू
      • ४.५ वन विनाश र यसको निराकरण
      • ४.५ नेपालमा वन विनास हुनुका कारण र असरहरु
      • ४.६ नेपालमा विपद् व्यवस्थापनको अवस्था कस्तो छ ?
      • ४.६ विपद व्यवस्थापनका सुत्र
      • ४.६ स्थानीय तहहरूमा विपद व्यवस्थापन अवसर कि चुनौती ?
      • ४.७ विकास र वातावरणको सन्तुलन किन ?
      • ४.७ वातावरण र विकासको अन्तरसम्बन्ध
      • ४.८ ऊर्जा विकासका लागि गर्नुपर्ने कामहरू
      • ४.९ प्रदुषण र जलवायु परिवर्तनको असर
      • ४.९ फोहोरमैला व्यवस्थापनका चुनौतीः इतिहासदेखि वर्तमानसम्म
  • शासन प्रणाली
    • राज्य र शासन
      • 1.1 शासनको पृष्ठभूमि , अवधारणा , विकासक्रम र अर्थ
      • 1.1 शासनका आधारभूत पक्षहरु र विशेषता
      • 1.2 शासनको राजनैतिक संरचना (राज्यको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (सरकारको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (प्रतिनिधित्व / निर्वाचन प्रणाली )
      • 1.2 नेपालको वर्तमान शासनको राजनीतिक संरचना र समस्याहरु
      • 1.2 शासनको प्रशासनिक संरचना
      • 1.3 सूचनाको हक (परिचय, प्रचलन र सिद्धान्त )
      • 1.3 सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्व
      • 1.3 सूचनाको हकको सिमा , महत्व र नेपालमा कार्यान्वनको व्यवस्था
      • 1.3 सूचनाको हकको कार्यान्वयमा समस्या र सुझावहरु
      • 1.3 पारदर्शिता (परीचय, आवश्यकता, महत्व र सिद्धान्त)
      • 1.3 पारदर्शिता र सूचनाको हकबीचको अन्तरसम्बन्ध
      • 1.4 राष्ट्र निर्माण र राज्य निर्माणको अर्थ, भिन्नता र अन्तरसम्बन्ध
      • 1.5 नेपालको शासन प्रणाली
      • 1.6 राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र , प्रावधान र समस्या
      • 1.7 बहुस्तरिय शासन र नेपाल
      • 1.7 बहुस्तरिय शासन र नेपालमा यसको प्रभाव
      • 1.7 UN र अन्तर्राष्ट्रिय शान्ति सुरक्षा सुदृढ बनाउन यसमा गर्नुपर्ने सुधार
    • संविधान र कानुन
      • 2.1 संविधानवाद
      • 2.1 नेपालमा संवैधानिक विकास
      • 2.3.1 नेपालको वर्तमान संविधानका मुलभूत विशेषताहरु
      • 2.3.1 कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका (शक्ति सन्तुलन र नियन्त्रण)
      • 2.3.2 वर्तमान संविधानका मौलिक हक र कर्तव्यहरु (विस्तृत)
      • 2.3.2 मौलिक हक तथा मानव अधिकार बीचको भिन्नता तथा संवैधानिक उपचारको भूमिका
      • 2.3.2 राज्यका निर्देशक सिद्दान्त, नीति तथा दायित्व : एक विवेचना
      • 2.3.3 संवैधानिक निकाय र कानून निर्मित निकाय
      • 2.4 मानवअधिकार : अवधारणा र वर्गीकरण
      • 2.4 मानवअधिकार : नेपालको अवस्था , व्यवस्था , समस्या र समाधान
      • 2.5 नागरीक चेतना , कर्तब्य र जिम्मेवारी
      • 2.6 कानुनका श्रोतहरु तथा नेपालमा कानून निर्माण प्रक्रिया
      • 2.7 कानुनको शासन : अवधारणा , सिद्धान्त, नेपालको अवस्था , समस्या र समाधान
      • 2.7 लोकतान्त्रिक मूल्य र मान्यता
      • 2.7 समावेशीकरण विधिहरु , नेपालको अवस्था र व्यवस्थाको समिक्षा
      • 2.7 समानुपातिक प्रतिनिधित्व
      • 2.7 सकारात्मक विभेद र समावेशीकरण
    • सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन
      • 3.1 सार्वजनिक सेवाको अवधारणा , कार्य , विशेषता र भूमिका
      • 3.2 सार्वजनिक सेवा प्रवाह : परिचय , चरण र माध्यम
      • 3.2 सेवा प्रवाहमा विभिन्न पक्षका भूमिका , कमजोरी र सुधारका उपायहरु
      • 3.3 राजनैतिक तटस्थता , प्रतिबद्धता तथा उत्तरदायित्व र जवाफदेहिता
      • 3.3 निजामति सेवामा राजनैतिक तटस्थता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग , सदाचार र नैतिकता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग सम्बन्धमा सदाचार र नैतिकताको महत्व
      • 3.4 सार्वजनिक कोषको सदुपयोगको आवश्यकता र नेपालमा भएको व्यवस्था
      • 3.5 सार्वजनिक व्यवस्थापन र यसका कार्यक्षेत्र
      • 3.5 निजामति सेवा : अवधारणा , नेपालको व्यवस्था , विशेषता, पदपूर्ति र सेवा सुविधा
      • 3.5 नेपालको निजामती सेवामा रहेका समस्या र आगामी बाटो
      • 3.5 कर्मचारीतन्त्र र यसको विकल्प
      • 3.6 सार्वजनिक नीति : परिचय, निर्माण प्रक्रिया र कार्यान्वन
      • 3.7 सार्वजनिक सेवा प्रवाहमा बडापत्रको आवश्यकता
      • 3.7 नागरिक वडापत्र र यसलाई प्रभावकारी बनाउने उपाय
    • श्रोत व्यवस्थापन र योजना
      • 4.1 मानव श्रोत व्यवस्थापन, निजामती सेवामा यसको अवस्था, समस्या र समाधान
      • 4.1 मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा
      • 4.2 सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा सूचना प्रविधिको प्रयोग
      • 4.2 संघीयतामा सार्वजनिक वित्त व्यवस्थापन
      • 4.2 वित्तीय व्यवस्थापन सुधार र वित्तीय जवाफदेहिता
      • 4.2 नेपालमा बजेट प्रणाली
      • 4.3 सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी
      • 4.3 सरकारी लेखाप्रणाली : सवल र दुर्वल पक्षहरु (नेपालको व्यवस्था समेत)
      • 4.4 वित्तीय व्यवस्थापन
      • 4.4 सामाजिक उत्तरदायित्व
      • 4.4 वित्तीय व्यवस्थापनका सवालहरू
      • 4.4 वित्तीय उत्तरदायित्व
      • 4.5 विकास योजना र चालू आवधिक योजना
      • 4.6 सहभागितामुलक योजना र विकास
×

Buy Now

  • Ask a Question
  • support@aayogtayarinepal.com
  • Login
  • Register
  • Courses
  • Old Questions
  • E-Book
  • MCQs
  • News
  • Contact Us
  • Topic Wise Notes

Lesson : शासन प्रणाली

2.7 समावेशीकरण विधिहरु , नेपालको अवस्था र व्यवस्थाको समिक्षा

✍ सालिकराज लामिछाने  , prasashan.com

समावेशीकरण साझा शासनको अवधारणा हो । खास गरी राज्यको मूलधारमा आउन नसकेका वर्ग समुदायलाई मूलधारमा ल्याउन गरिने प्रयत्न हो समावेशीकरण । राज्यमा बञ्चितीकरण र बहिष्करणमा परेका वर्ग समुदायलाई प्रवाहीकरण गर्नुलाई पनि यसले जनाउँछ । यसले शासन प्रणालीका विभिन्न अङ्गहरूमा सबैको प्रतिनिधित्वको सुनिश्चितता गर्दछ । राष्ट्रमा सारभूत समानता कायम गर्ने, स्रोत र साधनमा सबैको पहुँच कायम राख्दछ समावेशीकरणले । त्यसैले यसलाई ‘राइट फुल सेयरिङ्ग अफ पावर, रिसोर्स एन्ड अपर्च्युनिटी’  पनि भनिन्छ ।

सन् १९९७ मा ग्रिक दार्शनिक टाकिस फोटोपाउलसले यो शब्दलाई लोकतन्त्रसँग जोडेका थिए । उनको प्रख्यात कृति ‘टूवार्ड ए्यान इनक्लुसिभ डेमोक्रेसी’ मार्फत यसको वकालत गरेका छन् । समावेशी राज्य स्थापना गर्ने एउटा महत्त्वपूर्ण आधारको रूपमा यसको अवधारणा विकास भएको हो ।

शासन व्यवस्थामा कुनै पनि कारण र आधारबाट कोही पनि बहिष्कृत हुनु हुँदैन । समाजमा सबैको अवस्था, क्षमता, हैसियत, परिवेश समान हुँदैन । राज्य नागरिकको अभिभावक हो । कुनै पनि कारण र आधारबाट राज्य व्यवस्थामा असमानता आउनु हुँदैन । यदि आएको छ भने त्यसलाई हटाउनुपर्दछ । त्यही हटाउने उपाय हो : समावेशीकरण । जसलाई विविधता व्यवस्थापनको पर्यायवाची भनेर पनि बुझिन्छ ।

समावेशीकरणका विधिहरू :
– सकारात्मक विभेद
– समानुपातिक प्रतिनिधित्व
– आरक्षण
– लक्षित वर्गका कार्यक्रमहरू
– सामाजिक सुरक्षा
– स्वायत्तता
– विशेष अधिकार प्रदान
– विकेन्द्रीकरण
– सङ्घीयता आदि

नेपालमा समावेशीकरण :
वि.स. २०४६ सालको पञ्चायती व्यवस्थाको खारेज गरी बहुदलीय व्यवस्था लागू भएसँगै समावेशीकरणका आवाजहरू कँहीकतै गुन्जे पनि २०६२/०६३ को जनआन्दोलन पश्चात् सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै यसको मुद्दाले सार्थकता पाएको थियो । नेपालको अन्तरिम संविधान, २०६३ ले समानुपातिक निर्वाचन प्रणाली संविधानसभाको निर्वाचनमा प्रयोग गरेसँगै हाम्रो संविधानसभा समावेशी बन्यो । वर्तमान नेपालको संविधान, २०७२ लाई सरसरती हेर्दा सिङ्गो संविधान नै समावेशीकरणलाई व्यवस्थापन गर्न बनेको दस्ताबेज जस्तो लाग्दछ । समावेशी संरचनाको संविधानसभाले निर्माण गरेको संविधानले शासनमा सबैको मूल प्रवाहीकरणको उद्देश्य राखेको छ । नेपालको संविधान, २०७२ मा भएका केही प्रतिनिधि व्यवस्थाहरू देहायबमोजिम छन् –
१- संविधानको प्रस्तावनामा नै विविधताको सम्बोधन गरिएको छ ।
२- धारा ३ र ४ मा राष्ट्र र राज्यको परिभाषामै यसको प्रतिबिम्ब देख्न पाइन्छ ।
३- धारा १८ मा सकारात्मक विभेद सहितको समानताको हकको व्यवस्था छ ।
४- धारा ४२ र ४३ मा सामाजिक न्याय, सामाजिक सुरक्षाको विषय संविधानमा सम्बोधन गरिएको छ ।
५- धारा ५१ (ञ) मा सामाजिक न्याय र समावेशीकरण सम्बन्धी १४ वटा नीतिहरू अङ्गीकार गरिएको छ ।
६- तिन तहका कार्यपालिका (सङ्घीय, प्रदेश र स्थानीय ) समावेशी संरचनामा बनाउनु पर्ने संवैधानिक प्रावधान छ ।
७- समावेशीकरणलाई सफल पार्न भाग २७ मा विभिन्न ७ वटा आयोग स्थापना गर्ने संवैधानिक व्यवस्था छ । जसमा महिला आयोग, दलित आयोग, समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोग छन् ।
८- नेपाली सेना, राजदूत, संवैधानिक नियुक्ति र सरकारी सेवा समावेशी गराउनु पर्ने संवैधानिक व्यवस्था छ । (धारा २६७, २८२, २८३ र २८५ )

कानुनी व्यवस्था :
१- सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन, २०६४ को दफा ६ ले सार्वजनिक प्रशासन सञ्चालन गर्ने मूल्यको सूचीमा समावेशीकरणलाई समेटेको छ ।
२- निजामती सेवा ऐन लगायतका ऐनहरूले सार्वजनिक सेवाहरूमा आरक्षण सहितको नीति अङ्गीकार गरेको छ ।
३- १५ ओँ पञ्चवर्षीय योजनाले राज्यका सबै नागरिकको उपस्थिति र अर्थपूर्ण सहभागितामा समावेशी विकास गर्ने सोच र मानव विकास सूचकाङ्कको आधारमा पछाडि परेका समुदायको सशक्तीकरण र समानुपातिक विकास गर्ने लक्ष्य राखेको छ ।
४- नीतिगत तहमा समानुपातिक प्रतिनिधित्व, सहभागिता र सकारात्मक विभेदको माध्यमबाट आर्थिक र सामाजिक रूपान्तरण गर्ने प्रमुख रणनीतिका साथ विविधता व्यवस्थापन गर्ने प्रयास भएको देखिन्छ ।

संस्थागत व्यवस्था :
– राष्ट्रिय दलित आयोग
– राष्ट्रिय मधेसी आयोग
– राष्ट्रिय मुस्लिम आयोग
– राष्ट्रिय महिला आयोग
– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
– स्थानीय सरकार अन्तरगतका शाखा उपशाखाहरू
– लक्षित वर्गको हकहितमा कार्यरत सरकारी तथा गैरसरकारी सङ्घ सङ्गठनहरू
– राष्ट्रिय मानव अधिकार आयोग
– संसदीय समितिहरू आदि

समीक्षा :
समावेशी शासन विधिको अभ्यास १३ वर्ष पूरा भइसकेको छ । केही सकारात्मक परिवर्तनहरू देखा परेका छन् । संविधान सभाको बनावटले महत्त्वपूर्ण सङ्केत गरेको छ । समानुपातिक निर्वाचन प्रणालीले पछाडि परेका पारिएका वर्ग समुदायहरू मूलधारमा आउन थालेका छन् । आरक्षणको अभ्यासबाट सार्वजनिक प्रशासनमा विविधताको प्रतिबिम्ब देखिन थालेको छ । प्रतिस्पर्धाको दायरा बढेको छ । सार्वजनिक सेवा प्रवाहमा केही सहजता अनुभव गरिएको छ । यसले शासन प्रणालीप्रति अपनत्व बोध र अधिकारमुखी अवधारणा विकास गराउन मद्दत पुगेको देखिन्छ । समावेशीकरणको प्रावधान १० वर्षमा पुनरावलोकन गर्ने व्यवस्था भए बमोजिम समय बित्तै जाँदा यो विषय चुनौतीरहित रहेन । यसमा देखिएका केही चुनौतीहरू यस प्रकार छन्-

  • १- संवैधानिक प्रतिबद्धता अनुरूप शासकीय व्यवहारहरू पुरानै हुनु, समयानुकूल परिवर्तन हुन नसक्नु ।
  • २- समानुपातिक प्रतिनिधित्व र आरक्षणबाट लक्षित वर्गले लाभ लिन नसेकेको आरोप लागेको छ । सम्भ्रान्त वर्ग, समुदाय भित्रका अब्बल, टाठाबाठाहरुले यसको लाभ लिएको आरोप छ।
  • ३- समावेशीकरणका मापदण्डमाथि प्रश्नहरू उठेका छन् ।
  • ४- योग्यता प्रणालीको प्रश्न जीवन्त रूपमा उठेको छ ।

माथि उल्लेख गरेका चुनौतीहरू प्रतिनिधि चुनौतीहरू हुन् । यस्ता धेरै चुनौतीहरू छन् । यी चुनौतीहरूलाई अव निरन्तरता दिनु हुँदैन । संविधानको आदर्शलाई व्यवहारमा रूपान्तरण गर्न देहाय बमोजिम उपायहरू अवलम्बन गर्नुपर्दछ :

  • १- समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थापनको लागि थप मापदण्ड आवश्यक छ । एक व्यक्तिले एक पटक भन्दा बढी समानुपातिक प्रतिनिधित्वको अवसर पाउनु हुँदैन ।
  • २- सार्वजनिक प्रशासनमा आरक्षणको हालसम्मको प्रभावको वस्तुगत मूल्याङ्कन गर्नुपर्छ र निर्धारित प्रतिशतमा पुनरावलोकन गर्नु आवश्यक छ ।
  • ३- आरक्षणका लागि निर्धारित मापदण्ड पुनरावलोकनको आवश्यक छ । एउटा व्यक्तिले एक पटक भन्दा बढी यो अवसर पाउनु हुँदैन ।
  • ४- यसलाई शैक्षिक संस्थाहरूमा पनि आबद्ध गरिनुपर्दछ । निजी विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूलाई खुल्ला प्रतिस्पर्धामा मात्र समावेश गर्नुपर्दछ ।
  • ५- राज्यको विशिष्ट, निश्चित ‌ओहोदामा परेका परिवारका सदस्यहरूलाई खुल्ला प्रतियोगितामा सीमित गर्नुपर्छ ।
  • ६- विशिष्ट ज्ञान, सिप र दक्षता चाहिने विषयमा शिक्षामा आरक्षण कायम गर्नुपर्छ नकि अवसरमा ।

निष्कर्ष : उल्लेखित सुझावहरू समावेशीकरणका लागि गरिएका संवैधानिक व्यवस्थाको कार्यान्वयनतर्फ गरिएका सुझावहरू हुन् । शासनमा सबैले उपस्थिति, पहुँच, सहभागिता, प्रतिनिधित्व, सम्मान, अस्तित्व, पहिचान तथा स्वामित्व खोज्दछन् । समावेशीकरणले यिनलाई मूर्तता दिन्छ । लोकतान्त्रिक शासन पद्धतिमा सबैको साझा शासन कायम गर्ने समावेशीकरण एउटा उपयुक्त विकल्प हो । यसको अभ्यास सही ढङ्गले गर्न सक्ने हो भने मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने पक्षमा दुई मत नहोला ।

Join Now
About Us

आयोग तयारी नेपाल , नेपालमा खुल्ने विभिन्न सरकारी विज्ञापनको तयारीको लागि लक्षित रहेको छ । आयोग तयारी नेपालको वेबसाईट र मोबाइल एप्लिकेसन मार्फत लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न संस्थान तथा बैंकहरुको तयारीका लागि आवश्यक कोर्षहरु हरु निशुल्क र स-शुल्क रुपमा अध्ययन गर्न सकिन्छ ।

Courses
  • Current Affairs
  • Section Officer
  • Nayab Subba
  • Kharidar
  • Teachers Service Commission
  • Old Questions
  • E-Book
  • Ganak
Quick Links
  • Courses
  • MCQs
  • Contact Us
  • Blog
  • Privacy Policy
  • Terms & Conditions
Information
  • aayogtayarinepal@gmail.com
  • +977 9821904957
  • Download App
  • +977 9821904957
© 2023 Aayog Tayari. All rights reserved | Powered By Tuki Soft