Lessons
  • समसामयिक विषय
    • ४. वातावरणसँग सम्बद्ध मामिलाहरु
      • ४.५ वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू
      • ४.५ वन विनाश र यसको निराकरण
      • ४.५ नेपालमा वन विनास हुनुका कारण र असरहरु
      • ४.६ नेपालमा विपद् व्यवस्थापनको अवस्था कस्तो छ ?
      • ४.६ विपद व्यवस्थापनका सुत्र
      • ४.६ स्थानीय तहहरूमा विपद व्यवस्थापन अवसर कि चुनौती ?
      • ४.७ विकास र वातावरणको सन्तुलन किन ?
      • ४.७ वातावरण र विकासको अन्तरसम्बन्ध
      • ४.८ ऊर्जा विकासका लागि गर्नुपर्ने कामहरू
      • ४.९ प्रदुषण र जलवायु परिवर्तनको असर
      • ४.९ फोहोरमैला व्यवस्थापनका चुनौतीः इतिहासदेखि वर्तमानसम्म
  • शासन प्रणाली
    • राज्य र शासन
      • 1.1 शासनको पृष्ठभूमि , अवधारणा , विकासक्रम र अर्थ
      • 1.1 शासनका आधारभूत पक्षहरु र विशेषता
      • 1.2 शासनको राजनैतिक संरचना (राज्यको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (सरकारको संरचना )
      • 1.2 शासनको राजनैतिक संरचना (प्रतिनिधित्व / निर्वाचन प्रणाली )
      • 1.2 नेपालको वर्तमान शासनको राजनीतिक संरचना र समस्याहरु
      • 1.2 शासनको प्रशासनिक संरचना
      • 1.3 सूचनाको हक (परिचय, प्रचलन र सिद्धान्त )
      • 1.3 सूचनाको हकको सन्दर्भमा सार्वजनिक निकायको दायित्व
      • 1.3 सूचनाको हकको सिमा , महत्व र नेपालमा कार्यान्वनको व्यवस्था
      • 1.3 सूचनाको हकको कार्यान्वयमा समस्या र सुझावहरु
      • 1.3 पारदर्शिता (परीचय, आवश्यकता, महत्व र सिद्धान्त)
      • 1.3 पारदर्शिता र सूचनाको हकबीचको अन्तरसम्बन्ध
      • 1.4 राष्ट्र निर्माण र राज्य निर्माणको अर्थ, भिन्नता र अन्तरसम्बन्ध
      • 1.5 नेपालको शासन प्रणाली
      • 1.6 राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र , प्रावधान र समस्या
      • 1.7 बहुस्तरिय शासन र नेपाल
      • 1.7 बहुस्तरिय शासन र नेपालमा यसको प्रभाव
      • 1.7 UN र अन्तर्राष्ट्रिय शान्ति सुरक्षा सुदृढ बनाउन यसमा गर्नुपर्ने सुधार
    • संविधान र कानुन
      • 2.1 संविधानवाद
      • 2.1 नेपालमा संवैधानिक विकास
      • 2.3.1 नेपालको वर्तमान संविधानका मुलभूत विशेषताहरु
      • 2.3.1 कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका (शक्ति सन्तुलन र नियन्त्रण)
      • 2.3.2 वर्तमान संविधानका मौलिक हक र कर्तव्यहरु (विस्तृत)
      • 2.3.2 मौलिक हक तथा मानव अधिकार बीचको भिन्नता तथा संवैधानिक उपचारको भूमिका
      • 2.3.2 राज्यका निर्देशक सिद्दान्त, नीति तथा दायित्व : एक विवेचना
      • 2.3.3 संवैधानिक निकाय र कानून निर्मित निकाय
      • 2.4 मानवअधिकार : अवधारणा र वर्गीकरण
      • 2.4 मानवअधिकार : नेपालको अवस्था , व्यवस्था , समस्या र समाधान
      • 2.5 नागरीक चेतना , कर्तब्य र जिम्मेवारी
      • 2.6 कानुनका श्रोतहरु तथा नेपालमा कानून निर्माण प्रक्रिया
      • 2.7 कानुनको शासन : अवधारणा , सिद्धान्त, नेपालको अवस्था , समस्या र समाधान
      • 2.7 लोकतान्त्रिक मूल्य र मान्यता
      • 2.7 समावेशीकरण विधिहरु , नेपालको अवस्था र व्यवस्थाको समिक्षा
      • 2.7 समानुपातिक प्रतिनिधित्व
      • 2.7 सकारात्मक विभेद र समावेशीकरण
    • सार्वजनिक सेवा तथा सार्वजनिक व्यवस्थापन
      • 3.1 सार्वजनिक सेवाको अवधारणा , कार्य , विशेषता र भूमिका
      • 3.2 सार्वजनिक सेवा प्रवाह : परिचय , चरण र माध्यम
      • 3.2 सेवा प्रवाहमा विभिन्न पक्षका भूमिका , कमजोरी र सुधारका उपायहरु
      • 3.3 राजनैतिक तटस्थता , प्रतिबद्धता तथा उत्तरदायित्व र जवाफदेहिता
      • 3.3 निजामति सेवामा राजनैतिक तटस्थता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग , सदाचार र नैतिकता
      • 3.4 सार्वजनिक कोषको सदुपयोग सम्बन्धमा सदाचार र नैतिकताको महत्व
      • 3.4 सार्वजनिक कोषको सदुपयोगको आवश्यकता र नेपालमा भएको व्यवस्था
      • 3.5 सार्वजनिक व्यवस्थापन र यसका कार्यक्षेत्र
      • 3.5 निजामति सेवा : अवधारणा , नेपालको व्यवस्था , विशेषता, पदपूर्ति र सेवा सुविधा
      • 3.5 नेपालको निजामती सेवामा रहेका समस्या र आगामी बाटो
      • 3.5 कर्मचारीतन्त्र र यसको विकल्प
      • 3.6 सार्वजनिक नीति : परिचय, निर्माण प्रक्रिया र कार्यान्वन
      • 3.7 सार्वजनिक सेवा प्रवाहमा बडापत्रको आवश्यकता
      • 3.7 नागरिक वडापत्र र यसलाई प्रभावकारी बनाउने उपाय
    • श्रोत व्यवस्थापन र योजना
      • 4.1 मानव श्रोत व्यवस्थापन, निजामती सेवामा यसको अवस्था, समस्या र समाधान
      • 4.1 मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा
      • 4.2 सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा सूचना प्रविधिको प्रयोग
      • 4.2 संघीयतामा सार्वजनिक वित्त व्यवस्थापन
      • 4.2 वित्तीय व्यवस्थापन सुधार र वित्तीय जवाफदेहिता
      • 4.2 नेपालमा बजेट प्रणाली
      • 4.3 सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी
      • 4.3 सरकारी लेखाप्रणाली : सवल र दुर्वल पक्षहरु (नेपालको व्यवस्था समेत)
      • 4.4 वित्तीय व्यवस्थापन
      • 4.4 सामाजिक उत्तरदायित्व
      • 4.4 वित्तीय व्यवस्थापनका सवालहरू
      • 4.4 वित्तीय उत्तरदायित्व
      • 4.5 विकास योजना र चालू आवधिक योजना
      • 4.6 सहभागितामुलक योजना र विकास
×

Buy Now

  • Ask a Question
  • support@aayogtayarinepal.com
  • Login
  • Register
  • Courses
  • Old Questions
  • E-Book
  • MCQs
  • News
  • Contact Us
  • Topic Wise Notes

Lesson : शासन प्रणाली

1.7 बहुस्तरिय शासन र नेपाल

शासनलाई दुइ प्रकारमा वगीकरण गर्न सकिन्छ :
१. फैलावटका आधारमा

  • (क) विश्वव्यापी शासन
  • (ख) राष्ट्रिय शासन
  • (ग) क्षेत्रीय शासन
  • (घ) स्थानीय शासन
  • (ङ) सामुदायिक शासन

२. विधिका आधारमा

  • (क) बहुकेन्द्र शासन
  • (ख) बहुस्तरीय शासन
  • (ग) विद्युतीय शासन
  • (घ) मेटा शासन

बहुस्तरीय शासनको अर्थ

सन्‌ १९९० को पूर्वार्धमा राजनीतिशास्ती लिस्वेट होगे र ग्यारी माक्र्सले बहुस्तरीय शासनको अवधारणा अगाडि सारेका हुन्‌ । यो अवधारणाले शासन प्रक्रियामा बहुनिकायको अन्तरक्रिया रहने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अधिकार प्रयोग हुने विश्वास गर्दछ । यसले शासन प्रक्रियामा हुने निर्णय निर्माणको अधिकार विश्वस्तरदेखि स्थानीय स्तरमा छर्नुपर्ने मान्यता राख्छ ।

बहुस्तरीय शासनका विशेषता

शासनका तहहरू हुन्छन्‌ । विशेष लक्ष्यका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा सम्बन्ध र सहकार्य रहन्छ । सरकारका विभिन्न तहले नीति, निर्माण र नियमनमा साझेदारी गर्छन्‌ । निर्णय निर्माणमा सूचना, राजनीतिक शक्ति र विज्ञताको आदानप्रदान गरिन्छ । एउटै राज्यका विभिन्न तहका सरकारमा सार्वभौमसत्ताको साझेदारी रहन्छ । सबै तहका सरकारको औपचारिक वैधानिकता रहन्छ । संविधानले नै सबै तहका सरकारको अधिकारको स्पष्ट व्यवस्था गरेको हुन्छ । अवशिष्ट अधिकार केन्द्रमा रहन्छ ।

१. अनौपचारिक शासन
शासन प्रणालीमा औपचारिक शासन दायित्व र प्रत्यक्ष जिम्मेवारी नभएका समूहले शासन गर्नुलाई अनौपचारिक शासन भनिन्छ । अनौपचारिक शासनका निकायहरू शासन पद्धतिमा प्रत्यक्ष्य रूपमा सहभागी हुँदैनन्‌ तर अनौपचारिक रूपमा शासन पद्धतिलाई नै प्रभाव पारिरहेका हुन्छन्‌ । संयुक्त राष्ट्रसंघ र यसका निकायहरू, अन्तर्राष्ट्रिय गैरसरकारी निकायहरू, गैरसरकारी निकायहरू अनौपचारिक शासन गर्ने निकायहरू हुन्‌ । यस्ता निकायका आफ्न स्वार्थहरू हुने गरे पनि त्यस्ता स्वार्थहरूको प्रकटीकरण भने गर्दैनन्‌ ।अनौपचारिक शासनमा संलग्न निकायले निम्न क्षेत्रमा योगदान पु-पाउँछन्‌ ।

  • (क) आर्थिक सामाजिक विकास
  • (ख) राजनीतिक स्थिरता
  • (ग) शान्ति निर्माण
  • (घ) अन्तर्राष्ट्रिय सम्वन्ध स्थापना
  • (ङ) नागरिक सचेतना
  • (च) प्रजातान्लिकीकरण

अनौपचारिक शासनका नकारात्मक पक्ष 

  • (क) हस्तक्षेप बढ्न सक्छ ।
  • (ख) औपचारिक सरकार कमजोर हुने जोखिम बढ्छ ।
  • (ग) परनिर्भरता बढ्छ ।
  • (घ) निर्णय क्षमता प्रभावित हुन्छ ।
  • (ङ) द्वन्द्व बढ्ने सम्भावना हुन्छ ।

२. नागरिक समाजको शासन

जटिल र नियन्त्वणात्मक संरचना नभएको र गैरनाफामुखी समूह नै नागरिक समाज हो । यो स्वतन्त हुन्छ, स्वायत्त हुन्छ र स्वतःस्फूर्त हुन्छ । नागरिक समाज औपचारिक वा अनौपचारिक हुने गर्दछ । पेसागत समूहहरू, दबाब समूह, अनौपचारिक समूहहरू, सामाजिक संस्थाहरू नागरिक समाजका उदाहरण हुन्‌ ।

नागरिक समाजले पनि शासन प्रक्रियामा योगदान गरिरहेका हुन्छन्‌ । नागरिकको चासो, सरोकार, हित र कल्याणका विषयमा सरकारलाई सुझाव, सल्लाह र दबाब दिने, सामाजिक समस्याको खबरदारी गर्ने, नागरिक शिक्षाको प्रवर्धन गर्ने, नागरिक अधिकारका लागि नागरिक परिचालन गर्ने, सामाजिक विकृति र विसंगति अन्त्यका लागि वकालत गर्ने, प्रकोप तथा संकट व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्ने जस्ता
भूमिकामार्फत्‌ नागरिक समाजले शासन प्रक्रियामा योगदान पु-याउँछ ।

शासन प्रक्रियामा नागरिक समाजको सबल पक्ष

  • (क) राष्ट्रिय महत्व सवालमा चासो र दबाब
  • (ख) नागरिकको प्राथमिकताको विषयमा ध्यानाकर्षण
  • (ग) विकासमा क्रियाशीता
  • (घ) सचेतना र सिर्जनशीलता
  • (ङ) खबरदारी

नागरिक समाजका दुर्बल पक्ष

  • (क) राजनीतिक हस्तक्षेपबाट मुक्त नहुनु,
  • (ख) दातृ निकायमुखी हुनु
  • (ग) संस्थागत स्वार्थ
  • (घ) आग्रह र पूर्वाग्रह
  • (ङ) व्यावसायिक नहुनु
  • (च) वैदेशिक सहायतामा निर्भर रहनु

३. स्थानीय शासन

जनताको नजिक रहेका स्थानीय निकाय र समुदायबाट हुने शासन नै स्थानीय शासन हो । पस प्रकारको शासन व्यवस्थाले आफ्नो शासन आफैँ गर्ने मान्यता राख्छ । स्थानीय समुदायले अफ्ना जनप्रतिनिधिको छनोट आफैँ: गर्छन्‌, जसले गर्दा उनीहरूको नेतृत्व विकास पनि हुने गर्दछ । स्थानीय शासनले वास्तविक प्रतिनिधित्व गर्न, स्थानीय आवश्यकताको सम्बोधन गर्न, स्थानीय सेवाहरूको प्रभावकारिता गर्न, स्थानीय 'लाभहरूको समानुपातिक र समुचित वितरण गर्न, विकासमा स्थानीय समुदायको स्वामित्व बढाउन, दिगो विकास प्रणालीको विकास गर्न र प्रभावकारी राष्ट्रिय विकासमा योगदान पुग््याउनसमेत मद्दत गर्दछ ।

निर्वाचित स्थानीय सरकारहरू, सामुदायिक संघसंस्थाहरू जस्तै उपभोक्ता सूह, संरक्षण समूह, आमा समूह, गाउँ टोल सुधार समिति र गैरसरकारी संस्थाहरू स्थानीय शासन प्रक्रियामा सहभागी हुन्छन्‌ । समुदायको विकास स्थानीय शासनको मुख्य लक्ष्य हो । नेपालमा स्थानीय शासनको महत्वलाई आल्मसात्‌ गरिएको छ । संघीय शासन प्रणालीमा स्थानीय सरकारको औपचारिक अधिकारको स्थापना गरिएको छ । स्थानीय स्वायत्तताको मर्मअनुरूप गाउँपालिका र नगरपालिकाको व्यवस्था गरी स्थानीय विकास निर्माण र स्थानीय सेवा प्रवाहका लागि स्वायत्तता प्रदान गरिएको ।

स्थानीय नागरिकहरूले आफ्नो प्रतिनिधि आफैं छनोट गर्ने, आफ्नो कानुन आफैं बनाउने, स्थानीय स्रोत साधनको उपभोग, परिचालन र व्यवस्थापन आफैँ गर्ने, सामुदापिक विकासको व्यवस्थापन आफै, गर्ने, विकास कार्यमा स्थानीय जनशक्ति परिचालन गर्ने व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तर्जुमा भई कार्यान्वयनमा छ ।

नेपालको स्थानीय शासनमा केही समस्या पनि छन्‌ । पर्याप्त भौतिक स्रोत साधन अभाव, कानुन, कार्यविधि र मापदण्ड अभाव, काममा दोहोरोपना, जनशक्तिको समस्या, जनप्रतिनिधिहरूमा सीप र व्यवस्थापकीय ज्ञानको अपर्याप्तता, स्थानीय स्रोतसाधनको बाँडफाँटमा अन्योल जस्ता समस्पा रहेका छन्‌ ।

उल्लिखित समस्या समाधान गर्न निम्न कार्यहरू गर्नुपर्दछ

  • (क) स्थानीय तहको संस्थागत विकास
  • (ख) स्थानीय अधिकार प्रयोगको स्पष्ट कानुनी व्यवस्था
  • (ग) स्थानीय प्रशासनको दक्षता अभिवृद्धि
  • (घ) स्थानीय नागरीकको सहभागितालाई प्रोत्साहन
  • (ङ) सामुदायिक संस्थाहरूको सशक्तीकरण
  • (च) स्रोतसाधन व्यवस्थापन
  • (छ) जनप्रतिनिधिहरूको क्षमता विकास
  • (ज) स्थानीय स्रोत साधन व्यवस्थापन

४. सहकारितामूलक शासन

आपसी हित प्रवर्धनका लागि व्यक्तिहरूको स्वतःस्फूर्त सहभागितामा स्थापित स्वायत्त निकायहरू नै सहकारी हुन्‌ । सहकारीको मूल मर्म नै सहकार्य हो । सहकारीमा व्यावसायिक स्वार्थ हुँदैन तर समूहका सदस्पहरूको प्रयासबाट प्राप्त लाभको बाँडफाँट गरिन्छ । लोकतान्लिक समाजवाद सहकारीको आधारभूत सिद्धान्त हो ।

सहकारीका सात सिद्दान्त 

  •  श्वेच्छिक तथा खुल्ला सदस्यता ( Voluntary & Open Membership)
  •  सदस्यहरुको आर्थिक सहभागिता (Member Economy Participation)
  •  शिक्षा, तालिम र सूचना ( Education, Training, & Information )
  •  समुदाय प्रति चासो (Concern For Community)
  •  सदस्यहरुलाई प्रजातान्त्रिक नियन्त्रण ( Democratic Member Control )
  •  स्वायतता र स्वतन्त्रता (Autonomy & Independence)
  •  सहकारीहरु बीच पारस्परिक सहयोग (Cooperation Among Cooperative)

सहकार्यमा आधारित शासन नै सहकारीतामूलक शासन हो । यस्तो शासन प्रणालीले सहकार्य र लाभको साझा र समान वितरणमा जोड दिन्छ । शासन प्रक्रियामा संलग्न हुने र प्रशासन प्रक्रियाले प्रभाव पार्ने दुवै पक्षको समान जिम्मेवारी र जवाफदेहिता रहनु नै सहकारीतामूलक शासन प्रणालीको विशेषता हो । सहकारीहरूले विकासमा महप्ष्वपूर्ण प्रक्रिया निर्वाह गर्ने भएकाले शासन प्रक्रियामा सहकारीको सहभागिता हुनैपर्छ ।
सहकारीले शासन प्रक्रिया यसरी सहयोग गर्छ

  • (क) सरकारको नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयनमा सहयोग
  • (ख) न्यून आए भएका समुदायलाई आयआर्जनमा सहयोग
  • (ग) सामाजिक परिचालन
  • (घ) व्यावसायिक मान्यताको विकास
  • (ङ) सामाजिक उद्यमीकरण
  • (च) लाभको समान वितरण
  • (छ) समावेशी लोकतन्तको अभ्यास
  • (ज) आर्थिक र वित्तीय क्रियाकलापको विकेन्द्रीकरण
  • (झ) ग्रामीण क्षेत्रको सशक्तीकरण

सहकारीमूलक शासन प्रणालीका फाइदा र बेफाइदा दुवै छन्‌

धेरैभन्दा धेरै नागरिकलाई सहकारीमा आबद्ध गरी नागरिक सञ्जालको विकास गर्नु, पुँजी संकलन र परिचालन गर्न सघाउ पुग्नु, स्थानीय समुदायलाई व्यावसायिक बन्न उत्रेरित गर्नु, न्यून आय भएका व्यक्ति र समुदायको आर्थिक विकासमा पोगदान गर्नु, सामाजिक उद्यमशीलताको प्रवर्धन गर्नु, लोकतान्लिक मूल्य र मान्यताको प्रवर्धन गर्नु जस्ता सहकारीमूलक शासन प्रणालीका फाइदा हुन्‌ । वित्तीय दुरुपयोग हुनु, सहकारीको मर्मअनुरूप सहकारीको नियमन हुन नसक्नु, सहकारीको सञ्चालक र व्यवस्थापनले व्यापारिक प्रवृत्ति लिनु, नाफामूलक क्रियाकलापमा बढी केन्द्रित हुनु, राजनीतिक प्रभाव र दबाबबाट टाढा हुन नसक्नु जस्ता समस्याले नागरिकहरूमा अपेक्षाकृत ऐक्यबद्धता विकास गर्न नसक्नु जस्ता बेफाइदा रहेका छन्‌ ।

५. व्यावसयिक शासन

व्यवसाय सञ्चालनका लागि व्यावसायिक प्रतिष्ठानहरू बनाइएका हुन्छन्‌ र ती प्रतिष्ठानको सञ्चालनका लागि बनाइएका नियम, कानुन र प्रणालीको समष्टि नै व्यावसायिक शासन हो । यस्ता प्रतिष्ठानहरूले पनि राज्यको शासन प्रणाली र विकासमा प्रत्यक्ष्‌ ञरूपमा सहयोग  पुश्र्याएका हुन्छन्‌ ।

व्यावसायिक शासनका पक्ष

  • (क) व्यवस्थापन
  • (ख) लगानीकर्ता (सेयर होल्डर)
  • (ग) ग्राहक
  • (घ) नीतिगत पक्ष

शासन व्यवस्थामा बहुनिकायको संलग्नताको मान्यता विकास भएसँगै शासकीय प्रणालीमा निजी क्षेत्रको भूमिका र महत्व बढ्दै  गएको हो । उदारवादी अर्थ व्यवस्थाले यो मान्यतालाई झन्‌ विकास गरेको पाइन्छ । उत्पादन, वितरण र उपभोगको शृंखलामा शासन प्रक्रियाबाट प्रभावित सबैको सहभागिता बढाउनु व्यवसायिक शासनको मुख्य मान्यता हो । शासन प्रक्रियामा व्यावसायिकता विकास यसको लक्ष्य हो । निगमाल्मक शासन प्रणाली त्यस्तो शासन प्रणाली हो, जसले शासनका सबै साझेदारको इच्छा, चाहना र आवश्यकतालाई प्राथमिकता दिन्छ । उनीहरूको सहभागितामा शासकीय प्रणालीलाई निर्देशित र निन्त्ण गरिन्छ र निष्पक्षता, पारदर्शिता र उत्तरदायित्व स्थापनामा क्रियाशील रहन्छ ।

व्यवसायिकता विकासका लागि निम्न आधारभूत विषय सुनिश्चितता हुनुपर्छ :

  • (क) खुला र उदारवादी अर्थ व्यवस्था
  • (ख) व्यवसाय सञ्चालनका लागि कानुनी र नीतिगत आधारहरू
  • (ग) उपयुक्त वातावरण
  • (घ) व्यावसायिक आचरण
  • (ङ) सहकार्य र आपसी सम्बन्ध

व्यवसायिक शासनका तीनवटा दायित्व हुन्छन्‌

  • (क) राजनीतिक दायित्वः कानुन र प्रणालीको वैधानिक अनुपालना
  • (ख) सामाजिक दायित्व ०: समुदायका साझा मूल्यको स्वीकार्यता
  • (ग) आर्थिक दायित्व ०: लाभको समानुपातिक वितरण

व्यवसायिक शासन प्रणालीका फाइदा

  • (क) आर्थिक वृद्धि र विकासमा सहयोग
  • (ख) निर्णयको प्रभावकारिता
  • (ग) नैतिक आचरणको पालना
  • (घ) लगानीको आकर्षण
  • (ङ) रणनीतिक सोचमा सुधार
  • (च) लागतमा कमी
  • (छ) दिगो सम्बन्ध विकास

व्यावसायिक शासन प्रणालीका केही सीमितता

  • (क) सामूहिक लाभ मूल्यको सिर्जना (नाफामा केन्द्रित)
  • (ख) व्यवासायिक शासनका सवै पक्षको ज्ञानबारे सबैलाई सुसूचित गर्न कठिन
  • (ग) स्वीकार्य, विश्वसनीय मापदण्ड निर्माणमा कठिनाइ
  • (घ) व्यावसायिक निष्ठाको विकास
  • (ङ) सञ्चालनको क्षमता विकास

विश्वव्यापी शासनमा निम्न कर्ताहरू रहन्छन्‌ 

  • (क) राज्य
  • (ख) अन्तर्राष्ट्रिय संगठनहरू
  • (ग) गैरसरकारी संगठनहरू
  • (घ) बहुराष्ट्रिय कम्पनिहरू
  • (ङ) वैज्ञानिक समुदायहरू
  • (च) नागरिक समाज
Join Now
About Us

आयोग तयारी नेपाल , नेपालमा खुल्ने विभिन्न सरकारी विज्ञापनको तयारीको लागि लक्षित रहेको छ । आयोग तयारी नेपालको वेबसाईट र मोबाइल एप्लिकेसन मार्फत लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न संस्थान तथा बैंकहरुको तयारीका लागि आवश्यक कोर्षहरु हरु निशुल्क र स-शुल्क रुपमा अध्ययन गर्न सकिन्छ ।

Courses
  • Current Affairs
  • Section Officer
  • Nayab Subba
  • Kharidar
  • Teachers Service Commission
  • Old Questions
  • E-Book
  • Ganak
Quick Links
  • Courses
  • MCQs
  • Contact Us
  • Blog
  • Privacy Policy
  • Terms & Conditions
Information
  • aayogtayarinepal@gmail.com
  • +977 9821904957
  • Download App
  • +977 9821904957
© 2023 Aayog Tayari. All rights reserved | Powered By Tuki Soft